• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जी-७ ऊर्जा मन्त्रीहरूको क्यानाडामा बैठक, खनिज बजारमा चीनको हिस्सामाथी चिन्ता


  •   शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
  • काठमाडौं । विश्व खनिज बजारमा चीनको ठुलो हिस्सा छ र महत्वपूर्ण भूमिका पनि छ । खनिज बजारमा चीनको बढ्दो प्रभुत्वलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित ग्रुप अफ सेभेन (जी-७) का ऊर्जा मन्त्रीहरु बिहीबार टोरन्टोमा भेला भएका छन् ।

    Advertisement

    औद्योगिक प्रजातन्त्रले भविष्यका प्रविधि-सौर्य प्यानलदेखि विद्युतीय सवारीसाधन र सटीक मिसाइलसम्म-का लागि आवश्यक कच्चा पदार्थमा भरपर्दो पहुँच सुनिश्चित गर्न यो बैठकलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसमेत सहभागी रहेको जी-७ समूहले चीनले दुर्लभ पृथ्वी तत्वहरू तथा अन्य खनिजको आपूर्तिमा देखाएको कडाइप्रति चेतावनी दिंदै वैकल्पिक स्रोत र साझेदारीको खोजीमा जोड दिएको छ । ट्रम्पले हालै दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँगको भेटपछि चीनसँग दुर्लभ पृथ्वीको अस्थायी एक वर्षे सम्झौता गरिएको र हरेक वर्ष यसबारे पुनः वार्ता हुने स्पष्ट पार्नु भएको थियो ।

    यसअघि जुन महिनामा पश्चिमी क्यानाडामा भएको शिखर सम्मेलनमा जी-७ नेताले ‘महत्वपूर्ण खनिज कार्य योजना’ घोषणा गरेका थिए, जसले ‘साझा राष्ट्रिय र आर्थिक सुरक्षाका हित’ का लागि विविध आपूर्ति शृङ्खलाको निर्माणमा जोड दिन्छ । टोरन्टोमा सुरु भएको दुई दिने बैठकले त्यस कार्य योजनालाई व्यवहारमा उतार्ने ‘महत्वपूर्ण अवसर’ प्रदान गर्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) का महत्वपूर्ण खनिज विभागका प्रमुख ताए-युन किमले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “एक देशमा खनिज प्रशोधनको अत्यधिक निर्भरता आर्थिक र राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण छ । जी-७ ले अब बजार सन्तुलन परिवर्तन गर्न ठोस कदम चाल्नुपर्छ ।” किमले सन् १९७० को दशकको तेल सङ्कटको उदाहरण दिँदै भन्नुभयो, “त्यस समयमा जस्तै आपूर्ति आघातबाट बच्न हामीले अहिले नै दीर्घकालीन रणनीति बनाउनु जरुरी छ ।”

    चीनप्रति पश्चिमी राष्ट्रको मुख्य गुनासो भनेको त्यसले बजार सिद्धान्तको पालना नगर्ने हो । धेरै देशसँग पर्याप्त खनिज भण्डार हुँदाहुँदै पनि चीनको वास्तविक शक्ति प्रशोधन र शोधन क्षमतामा केन्द्रित छ-विशेषतः दुर्लभ पृथ्वीहरूको क्षेत्रमा । यी तत्व उच्च प्रविधियुक्त उपकरण र विशेष चुम्बक उत्पादनका लागि अपरिहार्य छन् ।

    बेइजिङले आफ्नो नियन्त्रणमा रहेका व्यवसायहमार्फत विश्व आपूर्ति सञ्जालमा प्रभुत्व जमाउँदै आएको छ । यसले उसलाई भण्डारण र बजार मूल्य नियन्त्रण गर्ने सामथ्र्य दिएको छ । यही कारण क्यानाडाको ऊर्जा मन्त्रालयले टोरन्टो बैठकमा विश्वव्यापी खनिज बजारमा चीनको प्रभाव घटाउने घोषणा समावेश गर्नुपर्ने बताएको छ ।(एएफपी)

    शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer