• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ट्रम्प-ताकाइचीबीच भेट, स्वर्णयुगको घोषणा


  •   शनिबार, कार्तिक १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । अमेरिकासँग महत्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मंगलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।

    Advertisement

    जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइची भर्खरै मात्र प्रधानमन्त्री भएकी हुन । उनले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा गर्दै उहाँलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ ।

    एसिया भ्रमणको दोस्रो चरणमा जापान आइपुग्नुभएका राष्ट्रपति ट्रम्पले ताकाइचीसँगको भेटमा जापानलाई ‘सबैभन्दा बलियो सहयोगी’ भन्दै व्यापार र सुरक्षामा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो । ‘हामी सबैभन्दा उच्चस्तरका सहयोगी हौं र तपाईंसँग काम गर्न पाउनु मेरो लागि सम्मान हो’, ट्रम्पले ताकाइचीलाई सम्बोधन गर्दै भन्नुभयो ।

    ताकाइचीले थाइल्याण्ड-कम्बोडिया युद्धविराम र गाजा सम्झौतामा ट्रम्पको प्रयासलाई ‘ऐतिहासिक उपलब्धि’ भन्दै प्रशंसा गर्नुभयो । उहाँले जापान-अमेरिका गठबन्धनलाई ‘बलियो र समृद्ध स्वर्ण युग’ मा रूपान्तरण गर्ने दृढता व्यक्त गर्नुभयो ।

    दुवै नेताले महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीको आपूर्ति शृंखला सुदृढ पार्ने सम्झौतामा हस्ताक्षर गर्नुभयो । यो सम्झौता चीनले दुर्लभ पृथ्वी उद्योगमा लगाएको प्रतिबन्ध र अमेरिकी आयातमा ट्रम्पले घोषणा गर्नुभएको १०० प्रतिशत करको प्रतिक्रियामा आएको हो ।

    ट्रम्पले जापानी खेलाडी ओहतानी र यामामोटोको वल्ड सिरिज खेल हेर्दा ढिलो भएको भन्दै क्षमायाचना पनि गर्नुभयो । मलेसियाको भ्रमणपछि र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दक्षिण कोरियाली वार्ताअघि टोकियो आइपुग्नुभएका ट्रम्पको यो भेटले व्यापार तनाव घटाउने आशा जगाएको छ ।

    टोकियो विश्वविद्यालयका प्राध्यापक यी कुआङ हेङका अनुसार ताकाइचीले रक्षा बजेट कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को दुई प्रतिशतमा पुर्याउने लक्ष्य अगाडि सारेर अमेरिकाको दबाब घटाउने प्रयास गर्नुभएको छ । जापानमा करिब ६० हजार अमेरिकी सैनिक तैनाथ छन् र वासिंटनले टोकियोलाई अझ बढी खर्च गर्न आग्रह गरेको छ ।

    ताकाइचीले गत हप्ता प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएको थियो । उहाँले चीनसँग बढ्दो तनावबिच जापानले बलियो रक्षा नीति अवलम्बन गर्ने बताउनुभएको छ । ट्रम्पले मंगलबार योकोसुकास्थित अमेरिकी विमानवाहक जहाज युएसएस जर्ज वासिंटनमा सैनिकहरूलाई सम्बोधन र टोयोटाका अध्यक्षसहित व्यापारिक नेताहरूसँग रात्रिभोज गर्नुभएको छ ।

    अमेरिकामा जापानी आयातमाथि अहिले १५ प्रतिशतसम्म भन्सार शुल्क लगाइएको छ । यसले सेप्टेम्बरमा अमेरिकी कार निर्यातमा २४ प्रतिशत गिरावट ल्याएको छ । जापानको कार उद्योगले देशको करिब आठ प्रतिशत रोजगारी प्रदान गर्छ । ह्वाइट हाउसका अनुसार जुलाईमा तय गरिएको व्यापार सम्झौताअन्तर्गत जापानले अमेरिकामा पाँच खर्ब ५० अर्ब डलर लगानी गर्ने छ ।

    पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग ट्रम्पको घनिष्ठ सम्बन्ध रहेकाले ताकाइचीका लागि नयाँ सम्बन्ध स्थापनामा चुनौती हुनेनुमान गरिएको छ । ट्रम्पले ताकाइचीलाई ‘मेरो मित्र आबेका महान उत्तराधिकारी’ भन्दै प्रशंसा गर्नुभएको छ ।

    अब ट्रम्पको मुख्य लक्ष्य चीनसँगको व्यापार सम्झौता हो । उहाँले बिहीबार दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटवार्ता गर्ने तयारी गर्नुभएको छ र त्यसपछि उत्तर कोरियाली नेता किम जोङ-अनसँग सम्भावित भेटको संकेत दिनुभएको छ । (एएफपी)

     

    शनिबार, कार्तिक १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer