• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

क्यानाडाका प्रधानमन्त्री कार्नीको पहिलो बजेट, अमेरिकामाथिको निर्भरता घटाउने लक्ष्य


  •   बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मङ्गलबार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ ।

    Advertisement

    उहाँले यस बजेटलाई अमेरिकी कर नीतिका कारण दबाबमा परेको क्यानाडाली अर्थतन्त्रका लागि ‘दृढ उत्तर’ का रूपमा परिभाषित गर्नुभयो । राजनीतिमा प्रवेश गर्नुअघि क्यानाडा र बेलायत दुवै देशका केन्द्रीय बैंकका गभर्नर रहिसक्नु भएका कार्नीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण उत्पन्न चुनौतीपूर्ण अमेरिकी सम्बन्धको अवस्थाबाट देशलाई पार लगाउने ‘अनुभवी नेतृत्व’ भएको व्यक्ति भनेर प्रस्तुत गर्नु भएको हो ।

    ट्रम्प प्रशासनले लगाएको उच्च करका कारण क्यानाडाको अटोमोबाइल, एल्युमिनियम र स्टिल उद्योगमा ठूलो असर परेको छ । त्यसले बेरोजगारी बढाएको र उद्योगमा लगानी घटाएको छ । “नयाँ अमेरिकी व्यापार नीतिले सिर्जना गरेको अवरोधका बीच हामीले अब वृद्धि र अवसर कहाँ खोज्ने भन्ने प्रश्नको उत्तर यही बजेटले दिने छ”, प्रधानमन्त्री कार्नीले गत साता दक्षिण कोरियामा पत्रकारसँग भन्नुभएको थियो ।

    उहाँको लिबरल सरकारका अनुसार यो बजेटले क्यानाडाको आर्थिक र सुरक्षा नीति दुवैलाई अमेरिकी दबाबबाट स्वावलम्बी दिशातर्फ मोड्ने छ । अर्थमन्त्री फ्रान्कोइस–फिलिप च्याम्पेनले संसदमा बजेट प्रस्तुत गर्नु अघि यसलाई ‘लगानीमुखी बजेट’ भनेर परिभाषित गर्दै भन्नुभयो, “यो भोलिको क्यानाडा निर्माण गर्ने योजना हो ।”

    अर्थ मन्त्रालयले बजेटको विस्तृत विवरण अन्तिम घडीसम्म गोप्य राखे पनि प्रमुख प्रावधानमा नाटोको लक्ष्य अनुसार रक्षा खर्चमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । साथै, प्रधानमन्त्री कार्नीले अमेरिकासँगको आर्थिक ‘विच्छेद’ का बिच क्यानाडाको आर्थिक सार्वभौमिकता बलियो पार्ने उद्देश्यले राष्ट्रिय स्तरका ठूला पूर्वाधार तथा ऊर्जा परियोजनाका लागि रकम छुट्याउने तयारी गर्नु भएको छ ।

    यी परियोजनामा बन्दरगाह विस्तार, ऊर्जा उत्पादन र दुर्गम क्षेत्रका महत्वपूर्ण खनिज उत्खननलाई सशक्त पार्ने योजना समावेश छन् । प्रधानमन्त्रीले यसलाई ‘क्यानाडाको भविष्यका लागि दीर्घकालीन लगानी’ का रूपमा वर्णन गर्नुभयो । अप्रिलमा सम्पन्न आमनिर्वाचनमा पूर्ण कार्यकालका लागि निर्वाचित हुनुअघि उहाँले जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्नु भएको थियो ।

    कार्नीले ट्रम्प-युगका तनाव ‘अझै समाप्त भएका छैनन्’ र त्यसको असरबाट बच्न क्यानाडाले दीर्घकालीन रणनीति अवलम्बन गर्नैपर्नेछ भन्दै पटक-पटक चेतावनी दिँदै आउनुभएको छ । “यो बजेटले अमेरिकामाथिको हाम्रो निर्भरता घटाउने छ”, उहाँले भन्नुभयो, “तर यस्तो रूपान्तरण रातारात सम्भव हुँदैन ।”

    हाल संसदमा लिबरल पार्टी बहुमतभन्दा तीन सिटले कम भएकाले सरकारलाई बजेट पारित गर्न विपक्षीको समर्थन वा अनुपस्थितिको आवश्यकता छ । बजेट ‘विश्वास मत’ भएकाले त्यसमा असफल भएमा नयाँ निर्वाचनको सम्भावना स्वतः खुल्ने छ । सबैभन्दा ठूलो विपक्षी कन्जर्भेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले समर्थनको सर्तका रूपमा घाटा घटाउने माग गर्नु भएको छ ।

    यसबीच ओटावा विश्वविद्यालयकी सार्वजनिक नीति विज्ञ जेनेभिभ टेलियरले भन्नुभयो, “म बजेट घाटा निकै ठूलो हुने अपेक्षा गर्छु, तर सरकारले खस्ने सम्भावना भने न्यून देखिन्छ ।” वामपन्थी न्यु डेमोक्रेट पार्टी अर्को चुनाव टार्ने मनस्थितिमा देखिएकाले सम्भवतः मतदानबाट टाढा रहने छ । यस पार्टीले अप्रिलमा कमजोर प्रदर्शन गरेपछि आधिकारिक विपक्षको दर्जा गुमाएको छ ।

    “म पूर्णरूपमा विश्वस्त छु कि यो बजेट देशको आवश्यकता अनुरूपको सही बजेट हो”, सप्ताहन्तमा पत्रकारले बजेट पारित हुने आत्मविश्वासबारे सोध्दा प्रधानमन्त्री कार्नीले भन्नुभयो, “यो कुनै खेल होइन-आवश्यक परे मैले आफ्ना नीतिको रक्षा चुनावी मैदानमै गर्ने छु ।” (एएफपी)

    बुधबार, कार्तिक १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer