☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

उत्तर कोरिया थप आक्रामक, कारबाही गर्ने चेतावनी


  •   मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि उत्तर कोरियाले शनिबार थप ‘आक्रामक कारबाही’ गर्ने चेतावनी दिएको छ । शुक्रबार गरिएको उक्त मिसाइल परीक्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वी एसियाली भ्रमणको बीचमा भएको हो ।

    Advertisement

    राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गर्ने इच्छा व्यक्त गरेको एक हप्तापछि प्योङयाङले यो कदम चालेको हो । यद्यपि, उत्तर कोरियाले उक्त प्रस्तावमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । प्योङयाङका रक्षामन्त्री नो क्वाङ चोलले वासिंटन ‘उत्तर कोरियाको सुरक्षालाई गम्भीर जोखिममा पार्ने सैन्य गतिविधिमा निर्लज्जरूपमा संलग्न भएको’ आरोप लगाउँदै अमेरिकी र दक्षिण कोरियाली कदमले ‘जानाजानी क्षेत्रीय राजनीतिक र सैन्य तनावलाई बढाइरहेको’ बताउनुभयो ।

    कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) ले उहाँको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘हामी शत्रुको निरन्तर खतराविरुद्ध अझ आक्रामक कारबाहीका कदम देखाउने छौं ।’ यसअघि, अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र उहाँका दक्षिण कोरियाली समकक्षले डिमिलिटाराइज्ड जोन (डिएमजेड) को संयुक्त भ्रमण गर्नु भएको थियो ।

    त्यहाँ दुवै नेताले आफ्नो देशबीचको ‘बलियो संयुक्त रक्षा प्रतिबद्धता र घनिष्ठ सहयोग’ पुनः पुष्टि गर्नु भएको थियो । यसैबिच दक्षिण कोरियाली नौ सेनाका अनुसार अमेरिकी आणविक-सञ्चालित विमानवाहक युएसएस जर्ज वासिंटन बुधबार बुसान बन्दरगाहमा रसद सहयोग र चालकदलका सदस्यको विश्रामका लागि पुगेको थियो ।

    प्योङयाङका अधिकारीहरूले यस कदमलाई ‘कोरियाली प्रायद्वीपमा तनाव थप बढाउने कार्य’ भएको भन्दै आपत्ति जनाएका छन् । रक्षामन्त्री हेग्सेथको डिएमजेड भ्रमणसमेतलाई प्योङयाङले ‘युद्ध उन्मादलाई प्रोत्साहन दिने कदम’ का रूपमा लिएको छ । अमेरिकी इण्डो-प्यासिफिक कमान्डले भने शुक्रबारको क्षेप्यास्त्र प्रक्षेपणबारे प्रतिक्रिया जनाउँदै प्योङयाङको कार्यले ‘क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्ने’ उल्लेख गरेको छ ।

    वक्तव्यमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका आफ्ना सहयोगी र साझेदार राष्ट्रसँग नजिकको परामर्शमा छ र सुरक्षा प्रतिबद्धता अटल छ ।’ दक्षिण कोरियाली सेनालेसमेत प्योङयाङको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणको कडा निन्दा गर्दै ‘दुई कोरियाबीचको तनाव बढाउने सबै कार्य तुरुन्तै रोक्न’ आग्रह गरेको छ ।

    गतहप्तामात्रै राष्ट्रपति ट्रम्पले दक्षिण कोरियालाई आणविक पनडुब्बी निर्माण गर्ने योजनामा स्वीकृति प्रदान गरेको घोषणा गर्नु भएको थियो । विश्लेषकका अनुसार यस्तो परियोजनाले दक्षिण कोरियाको नौसेना क्षमतामा ऐतिहासिक प्रगति ल्याउनेछ र यसलाई आणविक जहाज भएका सीमित राष्ट्रको सूचीमा पुर्‍याउनेछ । तर उनीहरूका भनाइमा यो कदमले उत्तर कोरियाबाट कठोर र आक्रामक प्रतिक्रिया आउने सम्भावना पनि उस्तै रूपमा बढाएको छ ।

    यसैबीच, दक्षिण कोरियाली सांसदले यसै हप्ताको सुरुमा जानकारी गराएअनुसार देशको रक्षा गुप्तचर एजेन्सीले उत्तर कोरियाली नेता किम जोङ उनले निर्णय गरेमा प्योङयाङ आफ्नो सातौं आणविक परीक्षण गर्न ‘पूर्णरूपमा तयार अवस्थामा रहेको’ बताएको छ ।

    अमेरिकी एयरलाइन्सको एक हजार उडान रद्द

    उता, अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका छन् ।

    सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तलब नपाएका कारण उत्पन्न तनाव कम गर्न व्यस्त विमानस्थलहरूमा सेवा घटाउने आदेश जारी गरेको छ । यसका कारण एटलान्टा, डलास, डेनभर, शार्लोटलगायत देशका प्रमुख विमानस्थलहरूमा लामो सुरक्षा लाइन र अन्तिम क्षणका उडान रद्दहरू देखिएका छन् ।

    एफएएको आदेशअनुसार हाल करिब चार प्रतिशत उडानहरू कटौती गरिएका छन् । यसको दर आगामी सातामा १० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ ।(एएफपी)

    मङ्गलबार, कार्तिक २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer