• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मासिक राशिफल: मंसिर, २०८२


  •   सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
  • मासिक राशिफल: मंसिर, २०८२ उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मेष राशिलाई मंसिर महिनामा सानातिना बाधा र उल्झनहरू आइरहनेछन्। केही काम बिग्रनेछन् र दाेहाेर्याउनु पर्नेछ। साथीभाइ अलि टाढै रहनेछन्। कतिपय सहयाेगीले त साथ दिन पनि छाड्नेछन्। दैनिकी संघर्षमय नै रहनेछ। केही व्यावहारिक चुनौती सामना गर्नुपर्ने समय रहेकाले सावधानीसाथ काममा जुट्नुहोला। आयस्रोत कमजोर हुनाले नयाँ काम थाल्न बाधा पर्नेछ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दुःख पाइनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा पनि कमी आउनेछ। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। अरूका काममा जुट्नुपरे पनि मिहिनेतकाे प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    वृष राशिलाई मंसिर महिना केही खर्चिलाे रहने सम्भावना छ। पतिपत्नीबीच मतभेद देखिनाले घर–गृहस्थी केही असामान्य रहनेछ। पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ। चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। अवसर र चुनौती बराबर आउनेछन्। परिवेश रमाइलो देखिए पनि महिना खर्चिलो रहनेछ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। परिस्थितिवश घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिएला। प्रेम तथा दाम्पत्यमा असमझदारी बढ्नेछ। धेरै आम्दानी नभए पनि व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ। स्वास्थ्यका लागि मौसमी समस्याबाट बच्न अलि सजग रहनुहोला।
    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिथुन राशिलाई मंसिर महिना उपलब्धिमूलक रहनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धाको दौडमा पनि अग्रस्थान प्राप्त हुनेछ। मिहिनेत गर्दा राम्रै आर्थिक उपलब्धि हुनेछ। नयाँ अवसर प्राप्त हुनेछन्। भौतिक साधन जुट्नाले महत्त्वाकांक्षी योजना प्रारम्भ गर्न सकिनेछ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। रोकिएका काम बन्नुका साथै अर्थ उपार्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। पहिलेका प्रतिस्पर्धीहरू समेत सहयोगी बन्नेछन्। प्रयत्न गर्दा नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ अवसरका लागि प्रयत्न गर्नुहाेला।
    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कर्कट राशिलाई मंसिर महिनामा अवसर र चुनाैती बराबरी आउनेछन्। परिस्थितिवश आफ्नो मान्यतामा अडान लिन नसकिएला। विवादास्पद कामले समस्या निम्त्याउन सक्छ। साथीभाइको सम्बन्ध कमजोर बन्नेछ। स्वास्थ्यमा मौसमी समस्या देखापर्ने समय छ, सजग रहनुहोला। काममा केही विलम्ब भए पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ। मिहिनेत गर्दा बौद्धिक क्षमता बढ्नेछ र अध्ययनमा पनि राम्रै नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। आँटले काम लिँदा राम्रै प्रतिफल हातलागी हुनेछ। पहिले अड्किएका काम पनि प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेर स्वरोजगार बन्न सफल भइनेछ। नगद लेनदेन गर्दा आफ्नो मूलधन सुरक्षामा अलि सजग रहनुहोला।
    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सिंह राशिलाई मंसिर महिनामा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थितिवश मातापिता र परिवारजनबाट टाढा भइनेछ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ। भूमिबाट सामान्य लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। निकटजनहरूसँग बिनाकारण वादविवाद हुन सक्छ। तापनि, भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। दाजुभाइ र शुभचिन्तकको सहयोगले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुनेछन्। तत्काल फाइदा नभए पनि पछिका लागि कर्मसञ्चय हुनेछ। सुझबुझले काम लिँदा आर्थिक सन्तुलन पनि कायम रहनेछ।
    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशिलाई मंसिर महिना निकै उत्साहवर्धक रहनेछ। काम गर्दै जाँदा नयाँ अवसर प्राप्त हुनेछन्। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कार्य थालनी हुनुका साथै उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। कीर्तिमानी काम शुभारम्भ हुनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।
    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशिलाई मंसिर महिनामा लाभ लिन बढी नै मिहिनेत गर्नुपर्ने देखिन्छ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। शिर वा आँखाको समस्याले सताउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने देखिएकाले सजग रहनुहोला। अवसरका लागि केही त्याग समेत गर्नुपर्ला। समय लागे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। पढाइ, लेखन, संगीत र कलातर्फ आफ्नो प्रतिभाको मूल्यांकन हुनेछ। अध्ययनकाे मिहिनेतले प्रशंसा, पुरस्कार आदि दिलाउनेछ। बहुमूल्य वस्तु संग्रह गर्ने योग छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसाय र उद्योगधन्दामा लाभ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला, प्रतिद्वन्द्वीले हार खानेछन् र सामाजिक प्रतिष्ठा पाइनेछ। आलाेचनाबाट सदैव जाेगिने चेष्टा गर्नुहाेला।
    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशिलाई मंसिर महिनामा केही अप्ठ्यारा कामको नेतृत्व लिनुपर्ला। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बुद्धिको उपयोगले व्यावहारिक उल्झनहरू हट्नेछन्। दौडधुपमा खर्च बढे पनि पुरुषार्थी काम गर्ने समय छ। प्रतिष्ठाको संघर्षले सफलताको यश दिलाउनेछ। महिनाको उत्तरार्धमा दिगो काम प्रारम्भ हुनेछ। उच्च महत्त्वाकांक्षाले भने केही समस्या पनि निम्त्याउनेछ। असंयम व्यवहार दर्साउँदा साथीभाइ टाढिन सक्छन्। जिम्मेवारी पूरा भए पनि सम्बन्ध प्रगाढ नहुन सक्छ। घर–गृहस्थी, प्रेम सम्बन्ध आदिमा समय दिन नसकिएला। स्वास्थ्यमा टाउको दुखाइ, पिनास वा आँखाको कमजोरीले सताउन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर अघि बढ्दा फाइदा हुनेछ। वस्त्र, आभूषण आदि उपहार प्राप्त हुनेछन्।
    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धनु राशिलाई मंसिर महिनामा केही व्यावहारिक उतारचढाव आउनेछन्। खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। अप्ठ्यारो समयमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरूले सताउन सक्छन्। आफन्त टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला। सरकारी क्षेत्रमा हुने कडिकडाउको सिकार भइनेछ। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ला। उत्तरार्धमा शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले आँटेको काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा विदेश जाने अवसर पनि जुट्न सक्छ। पाउमा चोटपटकको योग देखिएकाले सवारी र हतियारको उपयोग अलि सावधानीसाथ गर्नुहोला।
    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मकर राशिलाई काममा समय लागे पनि मंसिर महिना निकै फलदायी रहनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ र आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। चिताएको काम बन्नेछ र आम्दानी पनि बढ्नेछ। कृषि र पशुधनबाट थथेष्ट लाभ मिल्नेछ। नोकरी तथा राजनीतिमा पनि उत्साहजनक सफलता पाइनेछ। समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अध्ययन–अनुसन्धानले सफलताको उचाइमा पुर्याउनेछ। योग्यता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। भाग्यले असल प्रेमपात्र जुराउनुका साथै घर–गृहस्थी समृद्ध बन्नेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। नयाँ काम थालनी हुनेछ। माङ्गलिक कार्यमा समय बित्नेछ।
    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिलाई मंसिर महिना लाभदायक रहनेछ। अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ। चिताएको काम सजिलै सम्पादन हुनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। विशिष्ट व्यक्तिसँग निकटता बढ्नेछ। विशेष भेटघाटको अवसर जुट्नेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ। सामाजिक तथा राजनीतिक कार्यमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुनेछ। भूमि तथा चल–अचल सम्पत्ति जोड्ने समय छ। परिवारमा सुख–समृद्धि बढ्नेछ। स्वास्थ्यमा भने केही समस्या देखापर्न सक्छ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ भने व्यापार–व्यवसायमा थप लगानी जुटाउनुपर्ने परिस्थिति आउन सक्छ।
    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मीन राशिलाई मंसिर महिनामा केही उतारचढाव आउनेछन्। योजना ठूलो बने पनि काममा चुनौती देखापर्नेछन्। स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्छ। सहयोगी अभाव र कामको चापले लक्ष्यमा पुग्न समय लाग्नेछ। तापनि अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। ईर्ष्या गर्नेहरूले दुःख दिए पनि हिम्मतले काम बन्नेछ। आयस्रोत सबल रहनेछ। सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला। मतभेदले प्रेम र दाम्पत्यमा खटपटी निम्त्याउन सक्छ। भैपरी आउने समस्यासँग जुध्नुपर्नेछ।

    सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer