• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यस्तो हुनेछ, मंसिर २०८२ तपाईको


  •   मङ्गलबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
  • मंसिर २०८२

    Advertisement

    मेष
    (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मेष राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य र मंगलको अष्टम भावमा गोचरले गर्दा करियर र व्यापार व्यवसायमा मेहनत धेरै लाग्नेछ। नयाँ अवसरहरू हात लागे पनि लाभ लिन नसकिएला। परामर्श र अनुसन्धानको काम प्रभावी देखिएको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवनसाथीको कार्यक्षेत्रमा प्रगति हुनेछ। वैवाहिक जीवनको लागि यो महिना चुनौतीपूर्ण रहनेछ। ११ गतेपछि शुक्रको अष्टम भावमा गोचरले गर्दा वैवाहिक सम्बन्धमा तनाव र शंकाको बीज उत्पन्न होला। नोकरी वा पेशामा पनि सतर्कता अपनाउनुहोस् झुटो आरोप लाग्ने वा सम्मानमा कमी आउनेछ। राजनीतिक क्षेत्रमा विशेष सफलता हात पार्न सक्नुहुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिन ऊर्जावान बनाउनुहोस्।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

    बृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्य र मंगलको सप्तम भावमा गोचरले साझेदारी व्यापारमा राम्रो आयआर्जन गर्न सकिनेछ। अनावश्यक खर्च वा ऋणको जोखिम बढ्नेछ साबधान रहनुहोला। ११ गते पछि शुक्रको सप्तम भावमा गोचरले गर्दा आर्थिक निर्णयहरुमा विवेकको प्रयोग गर्नुहोला। शुक्रको सप्तम भावमा गोचरले वैवाहिक सम्बन्धमा समझदारी बढ्नेछ। प्रेम र रोमान्समा आकर्षण बढ्नेछ। करियर र नोकरी वा पेशाको लागि यो महिना राम्रो रहेको छ। सेवामूलक कार्यबाट विशेष लाभ आर्जन गर्न सक्नुहुनेछ। आर्थिक पक्षमा जोखिमपूर्ण गतिविधिबाट जोगिनुहोस्। स्वास्थ्यको दृष्टिकोणले महिना उत्तम रहेको छ। पाचन तन्त्र सम्बन्धी समस्याको समाधान हुनेछ। सदैव भगवतीको ध्यान गरेर दिनको प्रारम्भ गरौं।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

    मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। षष्ठम भावमा सूर्य र मंगलक‍ो गोचरले वैदेशिक निवेश र उद्योग व्यापारमा राम्रो लाभ आर्जन गर्न सकिएला। ११ गतेपछि शुक्रको गोचरले गर्दा शत्रुहरू पराजित हुनेछन। भाषण र अभिव्यक्तिको कलामा निखार आउनेछ। संघर्षबाट राम्रो सफलता आर्जन गर्न सकिनेछ। प्रेम सम्बन्धलाई लिएर यो महिना सामान्य रहेको छ। जीवन साथीसँग मतभेदको सम्भावना देखिएको छ। स्वास्थ्यलाई लिएर सतर्कता अपनाउनुहोला। विद्यार्थीहरूको रचनात्मक विषयहरूमा उत्साह जाग्नेछ। एकाग्रता कायम राख्न गाह्रो होला। संयमित र स्पष्ट संवादले बिग्रेको काम बनाउन सक्नुहुनेछ। स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहेको छ। प्रतिस्पर्धामा विजयी भइनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग विवाद र जोखिमपूर्ण गतिविधिबाट बच्नुहोस्। समस्या लाई शान्तिपूर्ण तरिकाले सुल्झाउने प्रयास गर्नुहोला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

    कर्कट राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। पञ्चम स्थानमा सूर्य र मंगलको गोचरले रचनात्मक कार्यमा मन लाग्नेछ। मित्रहरू को माध्यमले राम्रो आय आर्जन गर्न सकिनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। ११ गतेपछि शुक्रकोको पञ्चम भावमा गोचरले प्रेम सम्बन्ध सुमधुर रहनेछ। मिडियाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। पारिवारिक सम्बन्धमा सन्तानलाई लिएर त्यति राम्रो समय नरहला। सन्तानसँग वैचारिक मतभेदको सम्भावना देखिएको छ। नकारात्मक विचारले मन अशान्त रहनेछ। स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहनेछ। मानसिक तनावबाट मुक्ति मिल्नेछ। यो महिना हजुरलाई अवसर र चुनौती दुबै लिएर आउनेछ। वैवाहिक सम्बन्ध सुमधुर रहनेछ। नसोचेको स्थानबाट धन आगमनका योग छन्। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

    सिंह राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। चतुर्थ स्थानमा सूर्य र मंगलको गोचरले गर्दा कार्यक्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ र सहयोग पाइनेछ। जग्गा जमिन वा पैतृक सम्पत्तिबाट विशेष लाभ आर्जन गर्न सकिनेछ साथै व्यापारबाट पनि राम्रो लाभ कमाउन सकिनेछ। आर्थिक बिषयमा आत्येर निर्णय नलिनुहोला। पारिवारिक वा वैवाहिक जीवनको लागि यो महिना मिश्रित रहनेछ। सप्तम भावमा मंगलको दृष्टिले गर्दा वैवाहिक जीवनमा तनाव र अविश्वासको भावना जागृत होला। मनमा अज्ञात भय रहनेछ। ११ गतेपछि शुक्रको चतुर्थ भावमा गोचरले गर्दा पारिवारिक सुख र सम्बन्धमा सुधार आउनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा अनुभवी व्यक्तिहरूको साथ र सहयोग पाइनेछ। प्रेममा रोमान्स वा स्थिरता ल्याउन सकिनेछ। व्यापार व्यवसायमा नयाँ जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बलियो हुनेछ। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। रक्तचाप व श्वासप्रश्वास सम्बन्धी बिमारीबाट जोगिनुहोला। घरमा बुजुर्गहरूको स्वास्थ्यको ख्याल राख्नुहोस्। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस्।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

    कन्या राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। सूर्य र मंगलको तृतीय स्थानमा गोचरले गर्दा धैर्य र पराक्रममा वृद्धि हुनेछ। यात्रामा र उच्च शिक्षामा राम्रो सफलता मिल्नेछ। संचार क्षेत्रमा र साझेदारी व्यापारमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। ११ गतेपछि शुक्रको तृतीय स्थानमा गोचर गर्दा व्यापारलाई स्थिरता दिन सकिनेछ। सामाजिक सञ्जालको क्षेत्रमा सफलता मिल्नेछ। घरपरिवारमा आफूभन्दा सानाको साथ र सहयोग पाइनेछ। प्रेम सम्बन्ध वा वैवाहिक जीवनमा एक अर्काप्रति विश्वास बढ्ला। करियरमा नयाँ चुनौतीहरू पन्छ्याउँदै अगाडि बढ्न सक्नुहुनेछ। यो महिना हजुरको लागि अनुकूल रहनेछ। महत्वकांक्षी योजनाहरू पूरा गर्न सकिनेछ। स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो देखिएको छ। दैनिक जीवनमा योग र व्यायामलाई प्राथमिकता दिनुहोस्। स्वास्थ्य सबल रहनेछ। सदैव भैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

    तुला राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य र मंगलको द्वितीय स्थानमा गोचरले गर्दा आर्थिक क्षेत्रमा सतर्कता अपनाउनुपर्ने हुन्छ। धन सञ्चयमा अवरोध वा आकस्मिक धन खर्चका योग छन्। ११ गते पछि शुक्रको द्वितीय स्थानमा गोचरले संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। भाषण र अभिव्यक्तिको कलामा निखार ल्याउने समय रहेको छ। आफूमाथि विश्वास राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। वैवाहिक सम्बन्धको दृष्टिले यो महिना सामान्य रहेको छ। वैवाहिक सम्बन्धमा तनाव र अविश्वासको भावना जागृत हुनेछ। ११ गतेपछि शुक्रको प्रभावले गर्दा परिवारसँग सौहार्द र वैवाहिक जीवनमा मधुरता ल्याउन सकिनेछ। पढाइमा मन लाग्ने र परीक्षामा राम्रो सफलता मिल्नेछ। मित्रहरूसँग विवाद वा जोखिमको सम्भावना देखिएको छ। स्वास्थ्यको को दृष्टिकोणले समय सामान्य रहेको छ। मौसमी बिमारीबाट जोगिनुहोस्। सदैव भगवान शिवजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

    वृश्चिक राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। लग्नमा सूर्य र मंगलको गोचरले गर्दा आय आर्जनका नयाँ सम्भावित स्रोतहरू खुल्नेछन्। नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। ११ गते पछि शुक्रको लग्नमा प्रवेशले गर्दा खर्चमा वृद्धि हुनेछ। व्यक्तित्वमा आकर्षण र आत्मविश्वास झल्किनेछ। पारिवारिक सम्बन्धमा दाम्पत्य जीवन सुमधुर रहनेछ। परिवारबाट टाढा हुनुपर्ने स्थिति निर्माण हुन सक्छ। नोकरी वा पेशामा पद प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। नयाँ अवसरले लाभ मिल्नेछ। विद्यार्थीहरूको लागि पनि समय उत्तम रहेको छ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। विद्यार्थीहरूलाई पढाइमा गुरुजनहरूबाट राम्रो साथ र सहयोग मिल्नेछ। स्वास्थ्यको दृष्टिले समय उत्तम रहेको छ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारीले तनाव र चिडचिडापन को समस्या ल्याउन सक्छ। सदैव भगवान शिवजीको दर्शन गरेर दिनलाई प्रारम्भ गरौं।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

    धनु राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। द्वादश भावमा सूर्य र मंगलको गोचरले गर्दा आर्थिक पक्षमा सतर्कता अपनाउनुपर्ने हुन्छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अनावश्यक खर्च बढ्नाले परिवारसँग मतभेदका योग छन्। वाणीले गर्दा समस्या आइपर्ला। आर्थिक योजनामा विवेकको प्रयोग गर्नुहोला। ११ गतेपछि शुक्रको द्वादश भावमा गोचरले साझेदारी व्यापारबाट लाभको सम्भावना देखिएको छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। विदेशतिर ताक्नेहरूको लागि समय उपयुक्त रहेको प्रेम सम्बन्धको लागि समय अनुकूल नहोला। पारिवारिक सम्बन्ध सामाजिक सञ्जाल मार्फत नजिक हुनेछ। धैर्य वा समझदारीले निर्णय लिने समय रहेको छ। आर्थिक दृष्टिकोणले समय मध्यम रहेको छ। प्रेम सम्बन्धलाई लिएर गोपनियता भंग हुन सक्छ। पढाईमा एकाग्रताको कमी रहनेछ। नोकरी वा पेशामा सहकर्मीहरूसँग विवाद बढ्नेछ। स्वास्थ्यमा सतर्कता अपनाउनुहोस्। अनिन्द्रा वा आँखा दुख्ने समस्या देखापर्ला साथै मधुमेहको समस्याले पनि सताउन सक्छ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं।
    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

    मकर राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। एकादश भावमा सूर्य र मंगलको गोचरले सेवामूलक कार्यबाट सफलता मिल्नेछ। सामाजिक कार्यले मान प्रतिष्ठा बढाउनेछ। ११ गते सम्म दशम भावमा शुक्रको प्रभावले चलचित्र वा कलाकारिताको क्षेत्रमा विशेष सफलता मिल्नेछ। पिताको आयमा वृद्धि हुनेछ। ११ गतेपछि शुक्रको एकादश भावमा गोचरले कमिसन र शेयर बजार बाट राम्रो लाभार्जन गर्न सकिनेछ। घरपरिवारमा मांगलिक कार्यको शुभारम्भ हुनेछ। सन्तानसँग तनाव र विवादको स्थिति उत्पन्न होला। प्रेम सम्बन्धलाई विवाहमा टुंग्याउन परिवारजनसँग कुरा राख्नुहोस् समय उपयुक्त रहेको छ। पढाईको दृष्टिकोणले समय उत्तम रहेको छ। विद्यार्थीहरूलाई बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्य सबल रहनेछ तर पेट सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ भने स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। जोखिमपूर्ण गतिविधिबाट जोगिनुहोस्। सदैव गौमाताको सेवा दिनको प्रारम्भ गरौं।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

    कुम्भ राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। दशम भावमा सूर्य र मंगलको गोचरले नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। होटल म्यानेजमेन्ट र सल्य चिकित्साको क्षेत्रबाट विशेष सफलता मिल्नेछ। ११ गते पछि शुक्रको दशम भावमा गोचरले चलचित्र वा सौन्दर्य गत सामानको व्यापारबाट विशेष लाभ आर्जन गर्न सकिनेछ। दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा व्यस्तताले परिवारलाई समय निकाल्न नसकिएला। पढाइ र प्रेम सम्बन्धलाई लिएर पनि समय अनुकूल रहेको छ। नयाँ कुरा सिख्ने वा नयाँ स्थानमा भ्रमणका योग छन्। चुनौतीपूर्ण र विवादित समस्याहरूलाई सजिलै सम्पादन गर्न सकिनेछ। यो महिना अवसर र चुनौती दुवै लिएर आउनेछ। स्वास्थ्यको दृष्टिकोणले समय अनुकूल रहेको छ। कामको व्यस्तताले थकान वा कमजोरीको अनुभूति हुनेछ। पिताको मानसिक स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

    मीन राशि हुनेहरूको लागि समय अनुकूल रहेको छ। सूर्य र मंगलको नवम स्थानमा गोचरले उच्च शिक्षा लाई लिएर नयाँ मार्ग प्रदर्शित हुनेछ। वैदेशिक शिक्षामा पनि सफलता मिल्नेछ। सामाजिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। धर्म कर्ममा मन जानेछ। कार्यक्षेत्रमा हजुरको निर्णय गर्ने क्षमताको प्रशंसा हुनेछ। ११ गतेपछि शुक्रको नवम भावमा गोचरले गर्दा पारिवारिक सुखमा स्थिरता प्रदान गर्नेछ। आयआर्जनका नयाँ बाटोहरू खुल्नेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आफूभन्दा सानाप्रति आत्मीयता बढ्नेछ। मिठो बोलीको प्रभावले कार्य सिध्द गर्न सक्नुहुनेछ। युवाहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। नयाँ व्यापार व्यवसाय वा लगानीको लागि उपयुक्त समय रहेको छ। स्वास्थ्यको दृष्टिकोणले समय राम्रो रहेको छ। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। नयाँ योजनाहरूमा सफलता मिल्नेछ। सदैव नारायण भगवानको दर्शन गरेर दिनको प्रारम्भ गरौं।

    मङ्गलबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer