काठमाडाैं । श्रीलङ्कामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १५३ जनाको ज्यान गएको छ भने धेरै बेपत्ता रहेका बताईएको छ ।
महानिर्देशक सम्पत कोटुवेगोदा अनुसार राहत कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ र ४३ हजार ९९५ जनालाई घर क्षतिग्रस्त भएकाले राज्य संचालित राहत केन्द्रमा सारिएको छ । भारी वर्षा सोमबारदेखि सुरु भएको थियो र बुधबार मुख्य क्षेत्रमा अझ तीव्र वर्षा भएपछि देशभर बाढीको अवस्था झन् गम्भीर बनेको छ ।
शुक्रबार साँझ केलानी नदीको तटवन्ध भाँचिँदा धेरै मानिसहरू अस्थायी शिविरमा सारिनु परेको थियो । देशका अधिकांश भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी परिरहेको छ ।
श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले शनिवार साँझ चक्रवात दिट्वाका कारण आएको बाढी र पहिरोका कारण १ सय ५३ जनाको मृत्यु भएको बताएको छ । धेरै जिल्लाहरूमा खोज र राहत कार्य तिब्र पारिएको छ ।
१ सय ९१ जना अझै बेपत्ता रहेको बताइएको छ । सबै जिल्लाका २ लाख १७ हजार २ सय ६३ परिवारका ७ लाख ७४ हजार ७ सय २४ जना भारी वर्षा, बाढी र पहिरोबाट प्रभावित भएको बताइएको छ ।
२७ हजार ४ सय ९४ परिवारका १ लाख ८ सय ९८ जना हाल ७९८ निकासी केन्द्रहरूमा बसिरहेका छन् ।




