• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राष्ट्रपति पुटिन भारतको राजकीय भ्रमणमा


  •   शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
  • काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चार वर्षपछि भारत भ्रमणका लागि आइपुगेका छन । राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि हिजो मस्कोबाट प्रस्थान गर्नु भएको हो । उहाँको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत यात्रा हो । उहाँलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ एयरपोर्ट पुगेका थिए।

    Advertisement

    प्रधानमन्त्री मोदीले राति पुटिनको सम्मानमा रात्रि भोजको आयोजना पनि गरेका छन् । पुटिन करिब ३० घन्टा भारतमा बस्ने कार्यक्रम रहेको छ । उहाँ भारत पुग्नुअघि रुसका उपप्रधानमन्त्री डेनिस मान्तुरोव, रक्षा मन्त्री सर्गेइ सोइग, कृषिमन्त्री दिमित्री पेट्रोभलगायतका मन्त्रीहरू दिल्ली पुगेका थिए । भारत भ्रमणको क्रममा पुटिनले ठूलो मात्रामा भारतसँग रक्षा सम्झौता गर्न सक्ने र भारतले रसियाबाट खरिद गर्दै आएको पेट्रोलियम पदार्थलाई निरन्तरता दिन पहल गर्ने अपेक्षा गरिएको छ । साथै दुई देशबीचको व्यापारिक साझेदारीलाई थप मजबुत बनाउन पनि पहल हुने जनाइएको छ ।

    पुटिनको कार्यतालिका: आज बिहान ९ बजे: राष्ट्रपति भवनमा गार्ड अफ अनर – १० बजे: राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जलि – ११ बजे: हैदराबाद हाउसमा २३ औँ भारत-रसिया समिटमा सहभागी – ४ बजे: हैदराबाद हाउसमा इन्डिया-रसिया बिजनेस फोरमलाई सम्बोधन – ५ बजे: भारत मण्डपमा बिजनेस लिडर्ससँग छलफल – ७ बजे: राष्ट्रपति द्रौपदी मुर्मूले आयोजना गरेको स्टेट डिनरमा सहभागी पुटिनको भारत भ्रमणले दुई देशबीच रणनीतिक, आर्थिक र रक्षा सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    पुटिनले यसअघि सन् २०२१ डिसेम्बरमा भारतको अन्तिम आधिकारिक भ्रमण गर्नु भएको थियो । यस पटकको भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भइरहेको हो । रुसी सञ्चारमाध्यमका अनुसार पुटिनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक, सांस्कृतिक तथा मानवीय विषयमा सहयोग अभिवृद्धिका लागि विस्तृत छलफल गर्ने छ ।साथै वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा पनि मुख्य एजेन्डामा समेटिने छन् । तास समाचार एजेन्सीका अनुसार भ्रमणका क्रममा १० वटा अन्तरसरकारी दस्तावेज र १५ भन्दा बढी द्विपक्षीय सम्झौता तथा दुई देशका व्यापारिक तथा गैर-व्यावसायिक निकायबिचका ज्ञापन पत्र हस्ताक्षरका लागि तयारी अवस्थामा छन् ।

    डिसेम्बर ५ अर्थात् आज शुक्रबार राष्ट्रपति पुटिनले राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा त्रिसेवा गार्ड अफ अनर प्राप्त गर्नु हुने छ । त्यसपछि उहाँले राजघाट पुगेर महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

    दुवै देशका नेता हैदराबाद हाउसमा सीमित स्वरूपमा द्विपक्षीय वार्ता गर्दै त्यसपछि आ-आफ्ना प्रतिनिधिमण्डलसहित व्यापक छलफलमा सहभागी हुनुहुने छन । अपेक्षा गरिएअनुसार व्यापार, अर्थतन्त्र, कृषि तथा शिक्षा क्षेत्रमा सहकार्यका विषयलाई प्राथमिकता दिइने छ ।

    भारतको विदेश मन्त्रालयले पुटिनको भ्रमणले द्विपक्षीय सम्बन्धको प्रगतिमा समग्र समीक्षा गर्ने, ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’सुदृढ पार्ने तथा आपसी हितका क्षेत्रीय-वैश्विक विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने जनाएको छ ।

    पुटिनको भ्रमणअघि रुसका प्रथम उपप्रधानमन्त्री तथा भारत-रुस अन्तरसरकारी आयोगका सह-अध्यक्ष डेनिस मान्टुरोभले यस यात्रालाई दुई देशबिचको दीर्घकालीन रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने महत्त्वपूर्ण कदमका रूपमा वर्णन गर्दै उच्चस्तरीय वार्षिक शिखर सम्मेलनको परम्परामा पुनरागमन भएको बताउनुभएको थियो ।

    यसैबिच, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भ्रमणका क्रममा अतिरिक्त एस-४०० लामो दूरीको एन्टी-एयरक्राफ्ट मिसाइल सिस्टमको बिक्रीसम्बन्धी प्रस्ताव एजेन्डामा हुन सक्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, “रुसी हतियार भारतीय सेनाको करिब ३६ प्रतिशत हिस्सा छन् र यो सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ ।”

    रुसले भारतलाई पाँचौ पुस्ताको अत्याधुनिक स्टिल्थ लडाकू विमान एसयु-५७ प्रदान गर्ने सम्भावनाबारे पनि छलफल गर्ने आशा व्यक्त गरेको छ । पेसकोभका शब्दमा, “एसयु-५७ विश्वकै उत्कृष्ट विमान मध्ये एक हो र यसको विषयमा छलफल हुन सक्ने छ ।” पेसकोभले रणनीतिक क्षेत्रको सहकार्यबारे ब्रह्मोस मिसाइल परियोजनालाई उदाहरण दिँदै हतियार उत्पादन मात्र नभई उच्च प्रविधिको आदानप्रदान नै दुई देशबिचको सहकार्यको आधार भएको बताउनुभयो ।

    उहाँका अनुसार भारत-रुसबिच आणविक उर्जा क्षेत्रमा पनि नयाँ सम्झौता हुन सक्ने छ । दुवै नेताले अन्तिम पटक यस वर्ष सेप्टेम्बर १ मा चीनको तियानजिनमा आयोजित एससिओ शिखर सम्मेलनको साइडलाइनमा भेट गर्नु भएको थियो । यस पटकको भ्रमणले सन् २००० मा स्थापना भएको रणनीतिक साझेदारीको २५ औँ वार्षिकोत्सवलाई पनि चिह्नित गर्दछ ।

    सन् २०१० मा पुटिनको भारत भ्रमणकै क्रममा यो साझेदारी ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’का रूपमा उकासिएको थियो । हाल दुवै देशले सन् २०३० सम्म द्विपक्षीय व्यापार एक खर्ब डलरसम्म पुर्‍याउने लक्ष्य राखेका छन् । सन् २०२४-२५ मा भारत-रुस व्यापार ६८ अर्ब ७० करोड डलर पुगेको छ ।(एजेन्सी)

    शुक्रबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer