• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ १७, २०८३
☰
आइतबार, जेठ १७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मरुवा रोगका कारण किसान चिन्तित

  • ७. TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

  • ८. आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

युक्रेनमा लक्ष्य हासिल हुन्छ: राष्ट्रपति पुटिन


  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । लामो लडाईलाई सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा शुक्रबार मस्कोको सेना युक्रेनको युद्धभूमिमा निरन्तर अगाडि बढिरहेको र क्रेमलिनले तय गरेका सैन्य लक्ष्यहरू अन्ततः हासिल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

    Advertisement

    वर्षको अन्त्यमा आयोजित उक्त पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले रुसी सेनाले ‘रणनीतिक पहललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको’ दाबी गर्नुभयो र वर्षको अन्त्यसम्म थप उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार युद्धभूमिमा रुसको स्थिति क्रमशः मजबुत बन्दै गएको छ ।

    रुसको ठूलो र सुसज्जित सेनाले पछिल्ला महिनाहरूमा युक्रेनमा अपेक्षाकृत सुस्त भए पनि स्थिर प्रगति गर्दै आएको छ । यसै सन्दर्भमा आयोजित वार्षिक प्रत्यक्ष समाचार सम्मेलनलाई राष्ट्रव्यापी कल–इन कार्यक्रमसँग जोडिएको थियो, जसले देशभरका रुसी नागरिकहरूलाई करिब २५ वर्षदेखि देशको नेतृत्व गरिरहनुभएका राष्ट्रपति पुटिनलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर प्रदान गर्दछ । राष्ट्रपति पुटिनले यस मञ्चलाई आफ्नो राजनीतिक प्रभाव सुदृढ पार्न तथा घरेलु र अन्तर्राष्ट्रिय मामिलामा आफ्नो धारणा सार्वजनिक गर्न नियमित रूपमा प्रयोग गर्दै आउनुभएको छ ।

    यस वर्षको सम्मेलनमा विशेषगरी युक्रेन युद्ध र त्यससँग सम्बन्धित अमेरिकी समर्थनमा अघि सारिएको शान्ति योजनामाथि राष्ट्रपति पुटिनले के प्रतिक्रिया दिनुहुन्छ भन्ने विषयलाई पर्यवेक्षकहरूले चासोका साथ हेरिरहेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा सेना पठाएपछि सुरु भएको करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न व्यापक कूटनीतिक दबाब दिँदै आउनुभएको छ । तर वासिङ्टनको पहल मस्को र किएभका एक–अर्कासँग ठोक्किने मागहरूका कारण ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

    राष्ट्रपति पुटिनले द्वन्द्वका ‘मूल कारणहरू’ लाई सम्बोधन गर्ने शान्तिपूर्ण समाधानका लागि मस्को तयार रहेको दोहो¥याउनुभयो । यो अभिव्यक्तिलाई क्रेमलिनले अघि सारेका कडा सर्तहरूसँग जोडेर हेरिएको छ । यसै हप्ताको सुरुमा उहाँले किएभ र त्यसका पश्चिमी सहयोगीहरूले मस्कोका मागहरू अस्वीकार गरेमा रुसले युक्रेनमा आफ्नो सैन्य लाभ थप विस्तार गर्न खोज्ने चेतावनी पनि दिनुभएको थियो । रुसी नेताको चाहना अनुसार हाल रुसी सेनाले नियन्त्रणमा लिएका युक्रेनका चार प्रमुख क्षेत्रहरूका साथै सन् २०१४ मा अवैध रूपमा अधिग्रहण गरिएको क्रिमियन प्रायद्वीपलाई रुसी भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने उहाँको अडान छ । साथै, उहाँले युक्रेनलाई पूर्वी युक्रेनका केही क्षेत्रहरूबाट फिर्ता लिन आग्रह गर्नुभएको छ, जहाँ हालसम्म मस्कोको सेनाले पूर्ण नियन्त्रण स्थापित गरिसकेको छैन । यी मागहरूलाई किएभले स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ ।

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ ११ गते साेमवार:

    • २.
      आज २०८३ साल जेठ १२ गते मंगलवार:

    • ३.
      आज २०८३ साल जेठ १६ गते (३०

    • ४.
      आज २०८३ साल जेठ १४ गते (२८

    • ५.
      आज २०८३ साल जेठ १३ गते बुधवार:

    • ६.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    • ३.
      आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ६.
      आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer