• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन १०, २०८३
☰
आइतबार, साउन १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

युक्रेन युद्ध अन्त्य गर्ने योजनामा केही राहत 


  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । रूसी आक्रमण अन्त्य गर्न अमेरिकी नेतृत्वको मस्यौदा योजनाको पछिल्लो संस्करणमा युक्रेनले केही राहत मिल्ने देखिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले मस्को र किएभ दुबैलाई सन् २०२२ मा रुसको आक्रमणका कारण सुरु भएको चार वर्षे युद्ध अन्त्य गर्न दबाब दिइरहनुभएको छ।

    Advertisement

    युरोपेली सङ्घ (इयू) र र मस्कोले नयाँ सर्तहरू स्वीकार गर्छन् कि गर्दैनन् भन्ने बिषयमा उनीहरूको धारणा सार्वजनिक भइसकेको छैन । अमेरिका र युक्रेनी वार्ताकारहरूले सहमति गरेको २० बुँदे योजनाको मस्कोले समीक्षा गरिरहेको बताएको छ तर क्रेमलिनले पूर्वबाट पूर्ण युक्रेनी फिर्तीको लागि आफ्नो कडा क्षेत्रीय मागलाई छोड्ने कमै सम्भावना छ ।

    किएभले युक्रेनलाई डोनेट्स्क क्षेत्रबाट फिर्ता लिन वा मस्कोको सेनाले कब्जा गरेको भूमिलाई रूसको रूपमा मान्यता दिने बुँदाहरू हटाउन सफल भएको छ । किएभले नेटो सदस्यताको माग त्याग्नु पर्छ भन्ने रूसी मागलाई पनि नयाँ योजनाबाट हटाइएको नेता जेलेन्स्कीले बताउनुभयो ।

    कागजातमा नेटो सदस्यता त्याग्नुपर्ने रूसी मागलाई उल्लेख गरिएको छैन । यो प्रस्तावले अझै पनि युक्रेनले केही सेनाहरू फिर्ता गर्ने बिषयमा मार्ग प्रशस्त गर्दछ र उसले नियन्त्रण गरेको डोनेट्स्क क्षेत्रको २० प्रतिशत क्षेत्रमा पनि असैन्यीकृत क्षेत्रहरू स्थापना गरिनेछ।

    “डोनेट्स्क, लुगान्स्क, जापोरिज्जिया र खेरसोन क्षेत्रहरूमा, यस सम्झौताको मितिसम्म सेना तैनातीको लाइनलाई वास्तविक रूपमा सम्पर्क रेखाको रूपमा मान्यता दिइएको छ,” जेलेन्स्कीले भन्नुभयो । उहाँले भन्नुहुन्छ, “द्वन्द्व अन्त्यका लागि आवश्यक बलको पुनः तैनाथी र भविष्यका सम्भावित विशेष आर्थिक क्षेत्रहरूको मापदण्ड निर्धारण गर्न एउटा कार्यदल बनाइने र यसको बैठकबाट निर्णय हुनेछ ।” कागजातमा केही बुँदाहरू आफुलाई मन नपरेको पनि नेता जेलेन्स्कीले बताउनुभयो ।

    युद्धका कारण दशौँ हजार मारिएका छन्, पूर्वी युक्रेन ध्वस्त भएको छ र लाखौँ आफ्नो घर छोड्न बाध्य भएका छन् । रुसी सेना युद्धमोर्चामा अघि बढिरहेका छन् र शहर र युक्रेनको ऊर्जा ग्रिडमा रातको मिसाइल र ड्रोनद्वारा आक्रमण गरिरहेका छन्। मस्कोले सन् २०१४ मा कब्जा गरेको क्रिमिया प्रायद्वीपबाहेक युक्रेनका चार क्षेत्रहरू डोनेट्स्क, खेरसोन, लुगान्स्क र जापोरिज्जिया पनि कब्जा गरेको छ ।

     

    बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer