आज २०८२ साल पौष २५ गते शुक्रवार (Jan 09, 2026) माघ कृष्ण षष्ठी पञ्चाङ्ग: शोभन वणिज उत्तर
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। साहित्य वा लेखन कलामा रमाईलो पल व्यतीत हुनेछ। आफ्नो योग्यतामा विश्वास राखी खुल्ला रुपले कार्य गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज समय उत्तम सिद्ध हुनेछ। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। मित्र वा पारिवारिक सम्बन्धहरूको साथ मिल्नाले कार्यरत काममा सहजता आँउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिन अनुकूल रहनेछ। जीवनसाथीद्वारा नयाँ वस्त्र आभूषणको प्राप्ति होला। प्रतिष्ठित कामले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ । आत्मबल र नेतृत्व क्षमता अभिवृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक स्थितिमा सुधार आउनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पुरानो कामलाई नै निरन्तरता दिनु राम्रो छ। मेहनत धेरै परेतापनि अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक स्थलमा भ्रमण र दर्शनको योग छ। काममा नयाँ अवसर प्राप्त भएतापनि ढिलासुस्ति हुनसक्ने अवस्थालाई मध्यनजरमा राख्नुहोला। शिष्टाचार वा विशेष भेटघाटलाई अनुकुल समय छुट्याउनुहोस्। कामको दृढ इच्छाशक्तिले लक्ष्यतर्फ पुर्याउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आशा देखाउनेहरूको भरपर्दा दुःख पाइनेछ तसर्थ स्वयं सजग रहनुहोला। दाम्पत्य जीवन समधुर रहनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। आफ्नो कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै कुरालाई लिएर मनमा दुविधा रहनेछ। अरुको झैँ झगडामा आफू सहभागि नहुनुहोला। कसैले बोलेको कुरा गहिरो मनमा बस्न सक्छ। आशावादी वा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वादिष्ट भोजनको प्राप्ति होला। वाणीको माध्यमले रोकिएका कार्यहरु सिद्ध गर्न सकिनेछ। सानो दूरीको रमणीय यात्रा हुनसक्छ। आजको समग्र दिन रमाईलोसँग कट्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक यात्रा वा खर्चमा वृद्धि हुनेछ त्यसैले खर्च गर्नु पूर्व दुईपटक सोच्नुहोला। व्यर्थको कार्यमा ऊर्जा समय वा पैसा खर्च हुन सक्छ। व्यवसायमा आफन्तहरूको साथमा मिल्नाले लाभ हुनेछ। विदेशी भूमिबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आजको श्रमबाट पछिलाई लाभ हुनेछ। आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। सोचेको र आँटेको कार्य समयमा पूरा गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुको करकापमा काम गर्नुपर्दा मन खिन्न हुनसक्छ। समय अभावले काममा बाधा पुग्नसक्छ तसर्थ समय व्यवस्थापनमा जोड दिनुहोला। महत्त्वपूर्ण सुचनाको गोपनियतामा ध्यान पुर्याउनुहोला सकेसम्म गोप्य कुरा गोप्य नै राख्दा राम्रो। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक पक्षलाई लिएर मन चिन्तित रहनेछ। नोकरी वा पेशामा प्रतिस्पर्धीहरू हार खानेछन्। शुभचिन्तकहरूको आश्वासन प्राप्त हुनाले मनोबल उच्च रहनेछ। तपाईंको सहयोग कसैले ठूलो मानेर सम्झनेछन्। जोखिमपूर्ण निर्णयहरूबाट सकेसम्म जोगिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।





