• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मासिक राशिफल: माघ २०८२


  •   आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
  • मासिक राशिफल: माघ २०८२
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मेष राशिलाई माघ महिना उपलब्धिमूलक र फलदायी रहनेछ। पहिलेका समस्या सुल्झनुका साथै क्रमशः अवसर र भोगाधिकार प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरू कर्मयोगका प्रेरक बन्नेछन्। परिस्थिति प्रतिकूल देखिए पनि कर्मयोगले उचाइमा पुर्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषि उपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। व्यापार बढ्नाले आयस्रोत सबल हुनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने समय छ। कर्मयोग र अध्ययनको लगनशीलताले उचाइमा पुर्याउनेछ। समाजमा तारिफयोग्य काम गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। प्रयत्न गर्दा कीर्तिमानी कामको यश लिने अवसर समेत प्राप्त हुनेछ।
    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    वृष राशिलाई माघ महिना आसलाग्दाे रहनेछ र आंशिक उपलब्धि प्राप्त हुनेछ। मेहनतले काम बनाउन सकिनेछ। अधिक परिश्रम गर्नुपर्ने समय रहेकाले थकान र कमजोरी भने अनुभूत हुनेछ। सहयोगी अभाव र कामको चापले लक्ष्यमा पुग्न समय लाग्नेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। पुरानो काम रोकिए पनि नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। भाग्यले असल मित्र, शुभचिन्तक तथा सहयात्री आदि जुराउन सक्छ। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ।
    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिथुन राशिलाई स्वास्थ्य र आम्दानीका दृष्टिले माघ महिना कमजाेर रहनेछ। पेसा–व्यवसाय एवं राजनीतिक तथा सामाजिक प्रभाव पनि कमजोर रहनेछ। नयाँ कामको योजनामा हुनुहुन्छ भने आफ्नैले अवरोध पुर्याउन सक्छन्। सञ्चित रकम खर्च हुने र आयआर्जनमा कमी आउने समय छ। अर्थ अभावले सताउन सक्छ। स्वास्थ्य कमजोर हुनाले लामो समय काममा सक्रिय हुन नसकिएला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्। उठ्नुपर्ने लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। नयाँ व्यवसायतर्फ लगानी गर्नुपूर्व राम्राे अध्ययन गरी उचित समयकाे प्रतीक्षा गर्नुहाेला। समयमा निर्णय नलिने र अरूको मुख ताक्ने बानीले पनि अवसर गुम्न सक्छ। हाड–जोर्नीमा चाेटपटककाे याेग देखिएकाले साधन तथा हातहतियार सावधानीपूर्वक चलाउनुहोला।
    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कर्कट राशिलाई माघ महिनामा केही उतारचढाव आउनेछन् र संघर्षपश्चात् सामान्य उपलब्धि प्राप्त गर्न सफल भइनेछ। केही अवसर प्राप्त भए पनि यात्रा, मनाेरञ्जन र भेटघाटमा समय बित्नेछ। सेयर तथा सट्टापट्टामा फाइदा भए पनि आवश्यकताभन्दा बाहिर खर्च गर्नाले अर्थअभावकाे स्थिति रहनेछ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाह हुने काम गर्न बाध्य भइनेछ। पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ। पतिपत्नीबीच मतभेद बढ्नेछ भने अस्थिर मनोवृत्तिले अरूको विश्वास गुम्न सक्छ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा आलोचित भइएला। कामको चापले थकान र कमजोरी निम्त्याए पनि मिहिनेतको फल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। सोखले खर्च बढाए पनि सुविधाका वस्तु जुटाउन सकिनेछ।
    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सिंह राशिलाई माघ महिना लाभदायक र विशेष उपलब्धिमूलक रहनेछ। अध्ययनमा प्रगति हुनेछ। नयाँ अवसर प्राप्त हुनेछन्। शत्रुबाधा हट्नेछ भने रोग निवारण हुनेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। प्रतिस्पर्धाको दौडमा विजय प्राप्त हुनेछ। आँटले काम लिने समय छ। कृषि, उद्याेग र व्यवसायमा मनग्य फाइदा हुनेछ। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम थालनी हुने समय छ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। सेयर तथा सट्टापट्टा सम्बन्धी कामले फाइदा दिलाउनेछ। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला। र, नयाँ अवसरका लागि प्रयत्न गर्नुहोला।
    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशिलाई माघ महिनामा केही अवसर प्राप्त हुनेछन् तर उपलब्धिका लागि निकै मेहनत गर्नुपर्नेछ। सोख र विलासको चाहना बढ्नेछ। बीचमा केही स्वास्थ्य समस्या पनि आउन सक्छन्। आयस्रोत सबल देखिए पनि आम्दानी र खर्चको सन्तुलन मिलाउने प्रयास गर्नुहोला। सन्तुलित खानपान र विश्राममा पनि ध्यान पुर्याउनुहोला। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त हुनेछन्। गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा झमेला पनि निम्त्याउनेछ, वादविवादमा अघि नसर्नुहोला। शुभचिन्तकहरूले साथ–सहयोग जुट्नाले अड्किएका काम सम्पादन हुनेछन्। सन्तानका माध्यमबाट सुखानुभूति हुनेछ।
    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशिलाई माघ महिनामा उतारचढाव आइरहने हुँदा सावधानी अपनाउनुपर्ने देखिन्छ। घर–व्यवहार असन्तुलित बन्नाले चिन्ता बढ्न सक्छ। परिवारमा असमझदारी बढ्नाले काममा बाधा पर्नेछ। सगाेल तथा साझा सम्पत्तिमा विवाद आउनाले एकता र साझेदारीको भावना विखण्डित हुनेछ। महत्त्वाकांक्षाले व्यवहार बिग्रने सम्भावना छ। व्यापार र सेयरमा गरिएकाे लगानी अड्किन सक्छ। समस्या र पारिवारिक उल्झनबाट बाहिर निस्कन केही समय लाग्नेछ। कृषि र पशुपालनमा नयाँखाले समस्या आउन सक्छन्, समयमै समाधान गर्ने प्रयास गर्नुहाेला। पेसा–व्यवसायमा साेचेकाे लाभ नभए पनि आर्थिक सन्तुलन कायम राख्न सफल भइनेछ। स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो तथा दमको समस्या बढ्न सक्छ। ध्यानपूर्वक अध्ययनमा जुट्न बाधा पर्नेछ।
    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशिलाई माघ महिना उपलब्धिमूलक र उत्साहवर्द्धक रहनेछ। पहिलेका व्यवधान हट्नेछन् र सम्भावनाका नयाँ ढोका खुल्नेछन्। अग्रज तथा शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले पुरुषार्थी काम गर्न सकिनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। सेयर, उद्योग र व्यापारमा फाइदा हुनेछ। रोकिएका काम बन्नेछन्। शत्रुता साध्नेहरू पछि हट्नेछन्। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। परिस्थितिले नयाँ जिम्मेवारी दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। तर महत्त्वाकांक्षा एवं स्वार्थी भावना बढ्ने हुँदा सदैव अरूकाे सहयाेग नजुट्न सक्छ। पछिल्ला दिनमा केही आलाेचकसमेत देखापर्नेछन्। लाेकप्रिय छवि कायम राख्ने प्रयास गर्नुहाेला।
    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धनु राशिलाई माघ महिना केही संघर्षमय रहनेछ। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। काममा अवसर र चुनौती बराबर आउनेछन्। तर केही चुनौती देखिए पनि आशा गरिएको फल प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। आवश्यक पर्दा आफन्त र साथीभाइसँगको सहयोग भने नजुट्न सक्छ। घर–गृहस्थी, प्रेम सम्बन्ध आदिमा समय दिन नसकिएला। पेसा–व्यवसायमा लागत बढ्न सक्छ। अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा उपलब्धि जोगाउने प्रयास गर्नुहोला।
    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मकर राशिलाई माघ महिनामा आफ्नै निर्णय बाेझिलाे हुन सक्छ। बिनाअध्ययन हठपूर्वक काम थाल्दा समस्या पर्नेछ। पद तथा प्रतिष्ठाकाे माेहले व्यर्थैमा श्रम, समय र धन खर्च हुनेछ। अरूको विचार र सुझावलाई खण्डन गर्दा शुभचिन्तकहरू टाढिनेछन्। बोलीको लय कठोर हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। हाेसियारीपूर्वक काम गर्नेहरूलाई सम्भावनाकाे मार्ग पनि फेलापर्नेछ। पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ। अहिलेकाे लगानीबाट पछि लाभ उठाउन सकिनेछ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। अप्ठ्यारा कामको नेतृत्व लिनुपरे पनि सफलताको यश प्राप्त हुनेछ। आँट गर्दा पुरुषार्थी काम सम्पादन हुनेछ। परिस्थिति संघर्षमय रहे पनि बुद्धिको उपयोगले काम बनाउन सफल भइनेछ।
    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिलाई माघ महिना केही खर्चिलाे रहने देखिन्छ। आयस्राेतमा मन्दी आउने र लगानीमा अधिक रकम खर्च हुने समय छ। हठ गर्ने बानीले आत्मीय सम्बन्ध कमजाेर हुनेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। परिवारमा असमझदारी बढ्नेछ। परिस्थितिवश फजुल खर्च बढ्नेछ र नयाँ कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। अध्ययनमा बाधा पुग्नेछ। यात्रामा अलि दुःख पाइने समय छ। गल्ती गर्दा नियमपूर्वक जरिवानामा परिनेछ। उधाराेमा व्यापार गर्नुपर्ला। पहिले आशा देखाउनेहरूले व्यवहारमा झुक्याउन सक्छन्। वादविवादमा अघि नसर्नुहोला। जोखिम हुने काम, हातहतियार र सवारीसाधन उपयाेग गर्दा सावधान रहनुहोला। सेयर तथा आर्थिक लगानीमा केही जाेखिम हुन सक्छ। सञ्चित रकम र उपलब्धि जाेगाउने प्रयास गर्नुहोला।
    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मीन राशिलाई माघ महिना लाभदायक र उत्साहवर्द्धक रहनेछ। रोकिएका धेरै काम बन्नेछन्। प्रयास गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। अध्ययनमा प्रगति हुनेछ र व्यवसायमा आम्दानी बढ्नेछ। व्यापार, कृषि तथा पशुधनबाट पनि मनग्य लाभ हुनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सवारीलगायत विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। योग्यता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। चिताएकाे काम सजिलै सम्पादन गर्न सकिनेछ। सेयर तथा लगानीमा फाइदा हुने समय छ। सोखले विलासी वस्तुहरू जुटाउन प्रेरित गर्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

    Advertisement

    आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer