☰
सोमबार, कार्तिक १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढीलाई


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • मकवानपुर । मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढी गाउँपालिकाले जितेको छ ।

    Advertisement

    बुधबार हेटौँडाको हुप्रचौरमा सम्पन्न फाइनल खेलमा बकैया गाउँपालिकालाई पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो । फाइनल खेलमा मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा विजेता बन्दै मकवानपुरगढीले नगद ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बकैया गाउँपालिकाले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

    विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    प्रतियोगितामा मकवानपुरगढीकी सुस्मिता योञ्जन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन घोषित हुँदा मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दीपिका कार्की उदीयमान खेलाडी घोषित भएका छन् ।

    यसअघि सोमबार सम्पन्न उपमेयर क प महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता तथा उपविजेतालाई पनि बुधबार नै सिल्ड, मेडल तथा प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरिएको छ ।

    उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दुवै उपाधि हेटौँडा–१७ ले जितेको थियो भने पुरुषतर्फ हेटौँडा–१९ उपविजेता हुँदा महिलातर्फ हेटौँडा–५ उपविजेता बनेको थियो ।

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने
    वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँने

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer