• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ज्ञानेन्द्रः व्यक्ति होइन संस्था, ‘राजा आऊ देश बचाऊबाट ‘जनता आऊ राजसंस्था ल्याऊ’ तर्फ जनआवाज


  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
  • ‘राजा ज्ञानेन्द्र व्यक्ति नभएर संस्था हुन्, जनताले उनैको वरिपरि राजसंस्था खोजिरहेका छन्…’ भन्ने अर्थ लगाउन थाले अब भुइँ तहका मानिस। हिजोसम्म ‘राजा आऊ देश बचाऊ…’ को गगनभेदी नारा लगाउँथे भुइँ मान्छेहरू।

    Advertisement

    आजकाल यो नारा अझ सशक्त बन्दै ‘जनता आऊ राजसंस्था ल्याऊ’ भन्न थालिएको छ। मूलधारका राजनीतिक पार्टीहरूप्रति जनता र कार्यकर्ताको चरम निराशा, बढ्दो आक्रोश, अविश्वास, संघीय लोकतान्त्रिक गणतन्त्रका नाममा दिन दुईगुना, रात चौगुना गतिमा बढिरहेको दण्डहीनता, बेथिति, भ्रष्टाचार, अपराधीहरूलाई उन्मुक्ति दिने शासनजस्ता दुनियाभरिका सबै बैगुन बटुलेको वर्तमान शासकीय चरित्रबाट मुक्तिको बाटोका रूपमा सर्वसाधारणको सहज चेतनाले राजा ज्ञानेन्द्र हिँडेको पदचिह्नलाई पहिल्याएको छ। उहाँ जहाँजहाँ जानुहुन्छ, स्वस्फूर्त मानिसको भीड तुरुन्त जम्मा हुनेगर्छ। गणतन्त्र प्रतिरक्षाको अवस्थामा मात्र होइन, पराजित नै भइसकेको देखिन्छ।

    राजा ज्ञानेन्द्रसँग हाल कुनै ओहोदा छैन तर अधिकांश जनताले उहाँमाथि सर्वाधिक भरोसा वा विश्वास गरेको अवस्था छ। आश्चर्य त के छ भने हिजोसम्म गणतन्त्रको पक्षमा क्रियाशील रहँदै आएकाहरू पनि आज राजतन्त्रको पक्षमा सक्रिय भएका छन्। देशव्यापीरूपमा ठूलठूला अभियान चलाउँदै हिँडेका छन्। यो सबै राजा ज्ञानेन्द्रको व्यक्तित्व, प्रभाव, विरासत र जनविश्वासको परिणाम हो।

    कैयौँ मुलुकको उदाहरणलाई ध्यान दिँदा विशेष परिस्थितिमा समाजले साख र भरोसा कमाएको व्यक्तिलाई संस्था मानेर गति लिएका युगान्तकारी घटना हाम्रै सामुन्ने छन्। भारतमा इन्दिरा गान्धीलाई सन् १९६९ (वि.सं.२०२६) मा भारतीय काँग्रेसबाटै निस्काशित गरेपछि बहुसंख्यक काँग्रेसी कार्यकर्ता काँग्रेस छोडेर इन्दिरा गान्धीको अगुवाइमा हिँडे। काँग्रेसका नेता जगजीवन रामले भनेका थिए, ‘संस्था खोज्ने जनता र कार्यकर्ताले उपयुक्त संस्था नपाएको अवस्थामा सर्वाधिक मान्य र भरोसायोग्य व्यक्तिलाई संस्था मानेर हिँड्नुपर्ने अवस्था आउँछ।’

    वर्तमान नेपालमा देखाउने ‘लोकतन्त्र’ मात्र भयो तर जनताको हितकर्ता सच्चा लोकतन्त्र नभएको र जनता नेतृत्वबिहीन, बेवारिस र अलपत्र परेको संकटजन्य परिस्थितिमा अधिकांश जनताको सहज मानसिकताले राजा ज्ञानेन्द्रलाई सबभन्दा बढी भरोसा र साख भएका नायक मानेको हुनाले उहाँसँग सिंगो देश नै हिँडिरहेको परिदृश्य उत्तरोत्तर विकसित भइरहेको छ।

    पछिल्लो ‘जनआन्दोलन’ ले देशलाई के दियो? संविधानसभाबाट बनाइएको संविधान नै यसका ‘कर्णधारहरू’ बाट कति इमानदारीका साथ पालना भयो? किसानहरू आफ्नो उत्पादनको दाम नपाएर शोषित र पीडित छन् भने किसानको त्यही उत्पादनबाट उपभोक्ताहरू चरम शोषणमा परेका छन्। लहलह धान फल्ने खेतहरू बाँझै रहे, किसान र मजदूरहरू बेरोजगारका रूपमा विदेश भासिँदैछन्।

    न्याय सर्वसुलभ र निष्पक्ष छैन। कुनै विकासको काम पनि समयमै सम्पन्न गरिएको र देश र जनताको उच्चतम हितका लागि नभएर लुटतन्त्रलाई विकास मार्का खोल हाल्ने र ढाकछोप गर्ने हत्कण्डाका रूपमा बनिरहेका छन्। जघन्य अपराधले राज्यबाट हौसला पाइरहेको छ। जघन्य अपराधमा सजाय पाईरहेका अपराधीहरू व्यापक विरोधका बाबजुद धमाधम छुटिरहेका छन्।

    विदेशी हस्तक्षेप भयानक दरले बढिरहेको छ, राष्ट्रको स्वाभिमान खुम्चिरहेको छ। मुलुकको अखण्डता र राष्ट्रिय एकताको जग भत्किरहेको छ। मञ्चमा उभिएर भाषण गर्दा ठुल्ठूला आदर्शका कुरा गर्ने तर व्यवहारमा ठीक उल्टो दुष्चरित्र देखाउने परिपाटीबाट जनता भड्किसकेका छन्। आमूल परिवर्तन र अग्रगमनका खोक्रा नारा र आश्वासन अब पूरै निरर्थक सावित भइसकेका छन्।

    सिंगो मुलुकलाई अपराधीमैत्री तर लाभान्वित हुनुपर्ने जनता उपेक्षित, शोषित र तिरस्कृत बनाइएपछि मुलुक नै जीवन र मृत्युको संघारमा पुगेको छ। त्यसकारण मुलुकलाई अभिभावकीय नेतृत्व दिएर सम्हाल्ने मियो–नेताको आज एकदमै जरुरी छ।

    राजसंस्था पुनःस्थापना अब राजा ज्ञानेन्द्रको मिसन वा अजेन्डा होइन, ‘दुर्बलस्य बलं राजा…’ को संस्कृत वाणी नेपाली गणतन्त्रको कर्तुतले शक्तिहीन बनाइएका जनताले बोकेर राजसंस्था खोज्दै सडकमा ओर्लिएको अर्थ लाग्यो भने अतिशयोक्ति मान्नुपर्ने कुरा हुँदैन।

    पहिले–पहिले राजा ज्ञानेन्द्र निवासबाट सार्वजनिकरूपमा कतै निस्कँदा जनसमुदायको स्वागत–समर्थन पाएकोलाई त्यसका विरुद्ध तुरुन्त आगो ओकल्ने विष वमन गर्ने कतिपय गणतन्त्रवादी नेताहरू आजकाल सातो गएर शब्दहीन भएजस्तो गरी उक्त जनसागरप्रति कहालिएको मौनता साँधेर बस्न विवश देखिन्छन्। कतिपय पार्टीका नेताहरू आफ्ना कार्यकर्तालाई राजसंस्थाको पक्षमा सडकमा ओर्लिएका जनताको अपार भिडलाई कुतर्कले भरिएको हाँस्यास्पद अर्थ लगाएर पार्टीभित्रको विचलन रोक्ने ‘ड्यामेज कन्ट्रोल’ को दयनीय र हाँस्यास्पद कोसिस गरिरहेका छन्।

    राजा ज्ञानेन्द्र नारायणहिटी राजदरबारको मूल ढोकाबाट सहजरूपमा निस्केर गए। ‘नक्कली राजतन्त्र’ भने गणतन्त्रको छद्मभेषमा ‘आमूल परिवर्तन’ को भद्दा गुणगान जनतालाई सुनाउँदै शितलनिवास, सिंहदरबार र राज्यका सबै महलमा घुसिसकेको छ।

    राजाले शासन छाडे तर मुलुक र जनताले राजसंस्था छाड्न सकेनन्। राष्ट्रपति नै गणतन्त्रको मौलिक शैली प्रस्तुत गर्न नसकी राजतन्त्रको कार्बन–कपीका रूपमा राजतन्त्रका जुत्ता लगाएर राजतन्त्रकै पदचिह्नमा हिँड्नुबाहेक विकल्पहीन छन् भने अरूको के कुरा? सक्कली राजतन्त्र गए पनि अपुङ्गी राजाहरूको ‘मनपरितन्त्र’ निर्वाध चलिरहेको छ।

    ‘गणतन्त्र’ का नाममा ‘घण्टाकर्ण’ प्रवृत्तिले मुलुक चल्न नसक्ने मात्र होइन, अस्तित्व नै खतरामा पर्नथालेको देखियो। त्यसैले राजतन्त्रलाई दुश्मन देख्नुको अर्थ विदेशी तत्वलाई देशभित्र अझ हावी गराउनुमात्र हुने अर्थमा बुझ्न थालिएको छ।

    मुलुक अस्तव्यस्त हुनेगरी शासन चलाइएको छ। संघीयता, लोकतन्त्र र गणतन्त्र राजनीतिक अस्थिरताका कारकहरूबाट समाप्तितिर लैजाने हत्कण्डा भएका छन्। राजनीतिक दलहरू हरेक कदममा पूर्णतः असफल भइरहेका छन्। यो अभूतपूर्व दुरावस्था नेपाल–मैत्री कदापि हुन सक्दैन।

    सबै राजनीतिक दलले सरकार बनाउन, भत्काउन, लुट मच्चाउन र सर्वत्र ओहोदाको खोजीमा मात्र तल्लिन हुने हो भने परिस्थिति सुध्रिएकै छैन्। कतिपय नेता ‘राजतन्त्र अब कदापि फर्किने छैन’ भनी ठोकुवा गर्छन्। जसरी हिजो तिलश्मी तरिकाले राजतन्त्रको अन्त्य होला भन्ने कुरा कुनै नेपालीले न चिताएको थियो न त यिनीहरूले राजतन्त्र फर्कने विश्वास गर्न सकून्। जनताको इच्छाले फर्कने राजसंस्थालाई पार्टीका नेताहरूले रोकेर रोकिने पनि होइन।

    विश्वमा राजा वा राष्ट्रपतिहरूले अपदस्थ भएपछि निर्वासनको बाटो रोजेका छन्। तर राजा ज्ञानेन्द्रले राजगद्दी छोडिदिएपछि विदेशिने बाटोतिर जाने कल्पना पनि नगरी स्वदेशमा नै बस्ने र स्वदेशका लागि केही गर्ने दृढता लिनुभयो।

    दुईदुई पटक संविधानसभाको निर्वाचन वा संविधान निर्माण हुँदा उहाँले व्यवधानकारी भूमिका निर्वाह गर्नुभएन। उहाँ सधैँ आमजनताका माझ रहनुभयो। त्यसैले पार्टीहरूले जनसमर्थनको भावनालाई लोकतान्त्रिक संस्कारअनुरूप कदर गर्नकै लागि पनि राजसंस्थाप्रति सकारात्मक धारणा बनाउनु जरुरी छ।

    आजका पार्टीहरूले यो धरातलीय यथार्थलाई आत्मसात गर्ने र बहस चलाउने विषयतिर सोचेनन् भने अवस्था झन् संकटपूर्ण हुँदैजानेछ। देशको बागडोर मूलधारका पार्टीहरूबाट फुत्केर गलत दिशातिर जाने अवश्यम्भावी छ। मनमा देशलाई राखेर सोच बनाएका जनसमुदायले राजसंस्थालाई मुलुक सम्हाल्ने, राज्यमा सुशासन र जनतामा अनुशासन कायम गर्ने जनताको संस्थाका रूपमा चिनेका छन्। त्यसैले गणतन्त्रको नाममा जालसाजीपूर्वक दबाइएको जनआवाज आज राजसंस्थाको खोजीका लागि फेरि बौरेको छ।(साभार)

     

    बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer