• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पोखरा थण्डर्स बिरुद्ध ललितपुरको जित सँगै अबको खेल धनगढ़ीसँग हुने


  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • काठमाडौं । कुशल देउवाको निर्णायक गोलप्रेरित ललितपुर सिटी एफसीले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध २–१ को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा स्थान बनाएको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अतिरिक्त समयमा कुशलले गरेको गोल निर्णायक बनेपछि ललितपुर रोमाञ्चक जितसहित फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफमै १० खेलाडीमा समेटिएको ललितपुरले नै पहिले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा इमोन इजेकेइलले गोल गर्दै ललितपुरलाई अग्रतामा राखेका थिए । पापा इबोउ केबेले रक्षापंक्तिबाट निकालेको लामो क्रसलाई नियन्त्तणमा लिँदै १० ले दुई डिफेन्डरमाझबाट गोल गरे । तर, ७२औँ मिनेटमा स्टेफन कोजो पापा एनोरले गोल गर्दै पोखरालाई खेलमा फर्काए । जोए आइडुले राइट साइडबाट निकालेको क्रसमा बक्सभित्रका पापा एनोरले हेडर गोल गरे । यसपछि निर्धारित ९० मिनेटमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

    Advertisement

    ९९औँ मिनेटमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई पुनः २–१ को अग्रतामा राखेका थिए । ६ यार्ड बक्स नजिकबाट ललितपुरका कप्तान अनन्त तामाङको हेडर पोखराका रक्षकले क्लियर गर्न नसक्दा कुशलले सहजै गोल गरे । कुशलको यही गोल निर्णायक बनेपछि ललितपुरले उपाधिका लागि धनगढी एफसीसँगको भेट निश्चित गर्‍यो ।

    त्यसअघि ३४औँ मिनेटमा निखिल सुरेसराओ कदमले दोस्रो पहेँलो कार्डपछि रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा ललितपुर सिटी एफसी पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । पोखराका आयुश घलानमाथि फाउल गरेपछि निखिलले दोस्रो पहेँलो कार्ड पाएका थिए । त्यसअघि उनले २४औँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए । खेलको ६६औँ मिनेटमा खेलका मुख्य रेफ्री नै परिवर्तन भए । खेलको मुख्य रेफ्रीका रूपमा रहेका फिफा रेफ्री नविन्द्र महर्जनको स्थानमा चौथो अफिसियलको रूपमा रहेका राम दासनले त्यसपछिको खेल खेलाएका हुन् । यसपछि महर्जनले चौथो अफिसियलको भूमिका निभाएका थिए ।

    एनएसएलमा रेफ्री परिवर्तन भएको यो दोस्रो पटक हो । यसअघि लिग चरणअन्तर्गत धनगढी एफसी र काठमाडौं रेजर्सबीचको खेलमा रेफ्री परिवर्तन भएको थियो । यो जितसँगै अब उपाधिका लागि ललितपुरले प्रतियोगिताको साविक उपविजेतासमेत रहेको धनगढी एफसीसँग खेल्ने छ ।

    यसअघि पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भए पनि लिग चरणको शीर्ष दुईभित्र अटाएकाले पोखराले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । यता, ललितपुरले भने प्लेअफको इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सविरुद्ध ३–० को जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    मासिक राशिफल: वैशाख २०८३

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer