शिशिर सिंखडा, मिसिसागा । क्यानडाको मिसिसागा शहर क्षेत्रमा “तावा ग्रील, ईण्डियन तथा हाक्का चाईनिज” खाना लोकप्रिय बन्दै गएको छ । मिसिसागामा सन २०२१ को मे बाट सुरु गरिएको ‘द तावा ग्रील, ईण्डियन तथा हाक्का चाईनिज रेष्टुरेण्ट’ मा पाईने खानाहरू यो क्षेत्रमा प्रख्यात रहेको छ ।
तावा ग्रीलको आफैँले तयार पारेको स्पेशल मसलाबाट बनाइने खाना यस क्षेत्रमा पपुलर रहेको छ । सो खानाको प्रवर्द्धन गर्न लागि परेका छन नेपाली संचालक तथा सेफ वीर राना । सम्भवत: यो एरियामा तावाग्रील स्पेशल खाना यसै रेष्टुरेण्टमा मात्रै तयार हुने गर्दछ । आफ्नो लामो अनुभव र ग्राहकको रोजाई अनुसार स्पेसल मसलामार्फत तावा ग्रील खाना तयार गरिएको रानाले बताउनुभयो ।
रेष्टुरेण्टमा स्पेशल तावाग्रील खानाका अतिरिक्त विभिन्न प्रकारका ईण्डियन, हाक्का चाईनिज खानाहरु पनि उत्तिकै लोकप्रिय छन । तावा ग्रीलमा विभिन्न प्रकारका भेज तथा चिकेन म:म विभिन्न प्रकारका तन्दुरी म:म पनि पाईने रेष्टुरेण्टका संचालक समेत रहेका सेफ रानाले जानकारी दिनुभयो ।

भारतको मुम्बई तथा ब्याङ्लोरका होटल तथा रेष्टुरेण्टमा लामो समय मेन सेफको भूमिकामा काम गर्नुभएका ‘द तावा ग्रील, ईण्डियन तथा हाक्का चाईनिज रेष्टुरेण्ट’ का संचालक रानासँग विभिन्न प्रकारका खाना बनाएको २५ वर्षको लामो अनुभव छ ।
करिब २ दशकको क्यानडा बसाईमा उहाँले विभिन्न शहरको नाम चलेका होटल तथा रेष्टुरेण्टमा पनि सेफको भूमिकामा काम गरेको अनुभव रहेको छ । आफ्नो रेष्टुरेण्टमा इन्डियन, चाईनिज, पाकिस्तानी, क्यानेडियन, अमेरिकी, मेक्सिकन, नेपाली लगायतका विभिन्न समुदायका ग्राहकको रोजाईमा रहेको संचालक रानाले बताउनुभयो ।





