• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सोमबारदेखि काठमाडौंमा


  •   बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फागुन ५ गते सोमबारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ हुँदैछ । एन्फाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने खेलको सबै तयारी भएको जनाएको हो ।

    Advertisement

    प्रतियोगितामा नेपालका साथै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी गराउनुभयो । नेपालमा पहिलोपटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।

    प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगिताका खेलहरू राउण्ड रोबिन आधारमा खेली शीर्ष दुई टोलीबीच फाइनल खेल हुने प्रवक्ता शाहले बताउनुभयो ।

    नेपाली राष्ट्रिय टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप-२०२५ खेल्न स्वदेश फर्किनुभएको छ । व्यावसायिक फुटबल खेल्न ग्रिसमा रहनुभएकी गोल रक्षक एञ्जिला एयर अरेबियाको विमानमार्फत् बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो ।

    एञ्जिलाले ग्रिसको शीर्ष डिभिजनमा यही महिना डेब्यु गर्नुभएको थियो । फिफा विन्डोमा हुने च्याम्पियनसिप खेल्न उहाँ फर्किनुभएको हो । यसबीचमा क्लबका खेलहरू हुने छैनन् । उहाँ ग्रिसको नीस अट्रोमिटौमा आबद्ध हुनुहुन्छ ।

    व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहनुभएकी फरवाड सावित्रा भण्डारी साम्बा र साउदीमा रहनुभएकी रेखा पौडेल पनि फर्किने हुनुभएको छ । साम्बा सोमबार बिहान ९ बजे काठमाडौं आइपुग्नुहुनेछ । उहाँ एयर इण्डियाको विमानमार्फत् काठमाडौं आउने तालिका रहेको छ । रेखा भने शनिबाार काठमाडौं आउनुहुनेछ ।

    एएफसी महिला एसिया कप र फिफा महिला विश्वकपको तयारीस्वरूप हुन लागेको प्रतियोगिताका लागि यसै साता तीन देशका टोली नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारीअनुसार फागुन १ गते (आज) किर्गिस्तान तथा २ गते म्यानमार र लेबनानका खेलाडी काठमाडौं आइपुग्नेछन् ।

    सहभागी टोलीलाई अभ्यासका लागि एन्फा कम्प्लेक्सको मैदान र नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

    नेपालमा पहिलोपटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको टिकट दर साधारणतर्फ ५०० र भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताको अनुमानित बजेट दुई करोड ५० लाख ५६ हजार रहेको एन्फाले जनाएको छ ।

    बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मरुवा रोगका कारण किसान चिन्तित
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    माघमा पनि घट्यो ब्याजदर
    तीन करोड लगानीमा आँखा उपचार केन्द्र निर्माण हुँदै

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer