• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कर्मचारीको ‘सेटिङ’, रासायनिक मल आधा मुल्यमा लिलाम


  •   आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
  • रौतहट । भन्सार कार्यालय गौरका कर्मचारीहरुले ‘सेटिङ’मा न्यून मूल्यमा रासायनिक मल लिलाम गरेको पाइएको छ । लिलाम प्रक्रियामा गल्ती भएको भनेर भन्सार प्रमुखले स्वीकार गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले कागजपत्र झिकाएर अध्ययन गरिरहेको छ ।

    Advertisement

    गत सोमबार गौर भन्सार कार्यालयका पाँच जना कर्मचारीहरुको मिलेमतोमा २० लाख रुपैयाँ बराबरको रासायनिक मल १० लाख २ हजार रुपैयाँमा लिलाम गरिएको थियो । त्यसका लागि कर्मचारीहरुले दुई घण्टे सूचना जारी गरेका थिए भने रासायनिक मलको कारोबार गर्ने अनुमति नै नभएका कम्पनीलाई समेत लिलाम प्रक्रियामा समेटेका थिए ।

    जेठ १ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रौतहटको राजपुर ५ मा रहेको एक गोदाममा भारतबाट अवैध तरिकाले भित्राइएको १ हजार ३०६ बोरा रासायनिक मल बरामद गरेर आवश्यक कारवाहीका लागि गौर भन्सारमा बुझाएको थियो । भारतबाट अवैध रुपमा तस्करी गरी गोदाममा थन्क्याइएको अवस्थामा बरामद भएको सो मल नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो ।

    प्रहरीले ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटास बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो । प्रहरीले भन्सारमा बुझाएको प्रतिवेदनमा सो मल २० लाख २ हजार ६० रुपैयाँ बराबरको रहेको उल्लेख छ । तर गौर भन्सारले १० लाख २ हजार रुपैयाँमा जय माँ दुर्गा सप्लायर्स राजपुरलाई सोमबार बेलुकी लिलाम गरेको पाइएको छ ।

    लिलाम प्रक्रियामा नायब सुब्बा रेवती रोक्का सहित नायब सुब्बाहरु शिवहरी निरौला, नवीन कुमार ठाकुर, गजेन्द्र थापा, निशा सर्राफलगायतले बदमासी गरेको आरोप लागेको छ ।भन्सार कार्यालयका कर्मचारीहरुले प्रमुख भन्सार अधिकृत बासुदेव नेपाल घर विदामा रहेको बेला लिलामीको सूचना जारी गरेका थिए । लिलाम प्रक्रियामा जय माता दी जनरल सप्लायर्स गौर, जेएमडी सप्लायर्स गौर र जय माँ दुर्गा सप्लायर्स राजपुरलाई समावेश थिए । तर जय माता दी सप्लायर्स गौर र जेएमडी गौरसँग रासायनिक मलको कारोबार गर्ने अनुमति नै नरहेको भेटिएको छ । ‘साढे चार बजेतिर लिलामीको सूचना जारी भएको र दुई-तीन घण्टाभित्रै जय माँ दुर्गाले सकारेको देखिन्छ,’ स्रोतले भन्यो ।

    ‘गुड फेथ’मा कर्मचारीले बदमासी गरे : प्रमुख नेपाल

    गौरका प्रमुख भन्सार अधिकृत बासुदेव नेपालले रासायनिक मल लिलाम प्रक्रियामा गल्ती भएको स्वीकारसमेत गरेका छन् । आफू बिदामा बसेको दिन मल भन्सारमा थन्किँदा वर्षा भएर सबै गल्ने र राजस्व पनि नउठ्ने भन्दै भन्सारका कर्मचारीहरुले आफूलाई कार्यालयमा हाजिर भई लिलाम गराउन आग्रह गर्दै बारम्बार फोन गरेको प्रमुख बासुदेव नेपालले बताए । ‘बारम्बार फोन आएपछि आफूले प्रक्रिया अगाडि बढाउन भनेको र अन्तिममा बेलुकी कार्यालय आएर हतारमा सही गरेको थिएँ,’ गौर भन्सार प्रमुख नेपालले अनलाइनखबरसँग भने, ‘कार्यालयमा काम गर्ने कर्मचारीहरुले मलाई ‘गुड फेथ’ मा लिएर सही गराए ।’

    भन्सारबाट लिलामीको प्रक्रिया सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिनको लागि कागजपत्र माग गर्दै चिठी पठाएको र त्यसपछि आफूले कागजपत्र जाँच गर्दार् त्रुटी फेला परेको प्रमुख नेपालले बताए ।

    प्रारम्भिक अध्ययनमा लिलामी प्रक्रिया शंकास्पद छ : प्रजिअ मिश्र

    भन्सार कार्यालयका कर्मचारीको बदमासीका कारण आधा मूल्यमा सोमबार बेलुका मल लिलाम भएको भन्ने सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले त्यस सम्बन्धी कागजपत्र मंगलबार झिकाएको थियो । रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रारम्भिक अध्ययनमा लिलामी प्रक्रिया शंकास्पद देखिएको बताए । ‘गडबड छ भनेर कम्प्लेन आएपछि कागजपत्र झिकाएर प्रारम्भिक रुपमा हेर्दा लिलाम प्रक्रिया शंकास्पद देखिन्छ,’ प्रजिअ मिश्रले अनलाइनखबरसँग भने, ‘यसमा हामी निर्मम ढंगले लाग्छौं र बदमासी भएको देखिएमा विस्तृत अनुसन्धानका लागि अख्तियारमा सिफारिस गर्छौं ।’

    उनले गौर भन्सारका कर्मचारी र लिलाम प्रक्रियामा संलग्न सप्लायर्सहरुसँग बयान लिने काम जारी रहेको जानकारी दिए । ‘अहिलेसम्म कर्मचारीहरुले पनि बदमासी नभएको भनेर विश्वस्त हुने गरी भन्न सक्नु भएको छैन,’ उनले भने ।

    ‘भन्सार ऐनमा सडीगली जाने, मूल्य घट्ने, स्थानको अभाव हुने अवस्था भएमा तत्काल लिलाम गर्न सकिने व्यवस्था छ, भन्सारका कर्मचारीहरुले त्यसकै लुप होल प्रयोग गरेको जस्तो देखिन्छ ।

    आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मरुवा रोगका कारण किसान चिन्तित
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    माघमा पनि घट्यो ब्याजदर
    तीन करोड लगानीमा आँखा उपचार केन्द्र निर्माण हुँदै

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer