• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

भारतमा गुगलले १५ अर्ब डलर लगानी गर्ने


  •   बुधबार, असोज २९, २०८२ मा प्रकाशित
  • काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ। कम्पनीले आगामी पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलर लगानी गर्दै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको विशाखापट्टनम सहरमा अमेरिका बाहिरको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हब निर्माण गर्ने बताएको छ ।

    Advertisement

    गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकारी थोमस कुरियनले नयाँदिल्लीमा आयोजित समारोहमा यस हबलाई ‘गिगावाट–स्केल एआई आधार’ का रूपमा विकास गरिने जानकारी दिए। उनले भने, “यो गुगलले अमेरिका बाहिर गर्ने सबैभन्दा ठूलो एआई लगानी हो। हामीले आगामी पाँच वर्षमा १५ अर्ब डलरको पूँजी लगानी गर्दै यस्तो पूर्वाधार तयार गर्नेछौँ जसले भारतलाई एआई प्रविधिको विश्वव्यापी नक्सामा अग्रस्थानमा पुर्‍याउनेछ।”

    कुरियनका अनुसार गुगलले निर्माण गर्न लागेको उक्त एआई केन्द्रलाई अन्ततः ‘धेरै गिगावाट क्षमतामा’ विस्तार गर्ने योजना छ। यस लगानीले भारतमा तीव्र रूपमा बढिरहेको डिजिटल बजार र एआई उपकरणहरूको मागलाई सम्बोधन गर्नेछ। हाल भारतमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ९० करोड नाघ्ने अनुमान गरिएको छ, जसले व्यवसाय र व्यक्तिगत दुवै तहमा प्रविधिको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याएको छ।

    गुगलको यो निर्णय भारतमा तीव्र रूपमा विकसित भइरहेको एआई बजारप्रति अन्तर्राष्ट्रिय कम्पनीहरूको बढ्दो चासोको अर्को उदाहरण बनेको छ। यसै महिना अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोदेईले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दै अर्को वर्ष भारतमा आफ्नो कार्यालय स्थापना गर्ने योजना घोषणा गरेका थिए।

    प्रधानमन्त्री मोदीले एक्समा लेख्दै अमोदेईलाई धन्यवाद ज्ञापन गर्दै भने, “भारतको जीवन्त टेक इकोसिस्टम र प्रतिभाशाली युवाहरूले एआई इनोभेसनलाई गति दिइरहेका छन्। हामी विकासका लागि एआईको अधिकतम उपयोग गर्न प्रतिबद्ध छौंँ।”

    एन्थ्रोपिकको यो निर्णयपछि अन्य शीर्ष एआई कम्पनीले पनि भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने घोषणा गरेका छन्। ओपनएआईले यस वर्षको अन्त्यमा भारतमा आफ्नो कार्यालय खोल्ने तयारी गरेको जनाएको छ। यसका प्रमुख साम अल्टम्यानका अनुसार भारतमा च्याटजिपिटीको प्रयोग गत वर्षको तुलनामा चार गुणा बढेको छ।

    यस्तै, एआई कम्पनी पप्र्लेक्सिटीले गत जुलाईमा भारतीय टेलिकम कम्पनी एयरटेलसँग साझेदारी गरेको थियो, जसअनुसार एयरटेलका ३६ करोड ग्राहकलाई एक वर्षका लागि पप्र्लेक्सिटी प्रोको निःशुल्क सदस्यता प्रदान गरिएको छ।

    गुगलको यो १५ अर्ब डलरको लगानीसँगै भारत एआई प्रविधिको प्रमुख केन्द्र बन्ने मात्र नभई यसले देशको डिजिटल पूर्वाधार, रोजगारी र अनुसन्धान क्षेत्रमा समेत नयाँ अध्याय खोल्ने अपेक्षा गरिएको छ।

     

     

    बुधबार, असोज २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र
    राष्ट्रपति ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच कुराकानी, सम्बन्ध सुधारको संकेत
    माघमा पनि घट्यो ब्याजदर
    नेपाल भूगोल विद्यार्थी समाजको साधारण सभा सम्पन्न
    पढेको, बुझ्ने र देशको भलो चाहने सन्तानले हो, राष्ट्र बलियो बनाउँने

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer